Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

किसानलाई अनुदानमा आलुको बीउ वितरण


१४ ,कात्तिक ,कञ्चनपुर । व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ । आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो ।

वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करनसिंह बुढाऐरले बताए ।

“छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका आठ किसानलाई एक क्विनटलका दरले आलुको बीउ वितरण गरेका छौँ”, उनले भने, “वडाका दुई जना किसानलाई आलुको मूल बीउ एक सय ५० दानाका दरले वितरण गरिएको छ ।”

शिलबन्दी दरभाउ पत्रअनुसार खरिदकर्ताको छनोट गरी आलुको बीउ खरिद गरी किसानलाई वितरण गरिएको शाखा प्रमुख बुढाऐरको भनाइ छ ।

किसानलाई कार्डिनल, डिजिरे, जनकदेव, एमएस, खुमलटार रातो आलुको बीउ वितरण गरिएको छ । आलुको बीउ खरिदका लागि रु तीन लाख ६१ हजार रकम खर्च गरिएको छ ।

नगरपालिकाको वडा नं ३ को पिपलाडी, जोनापुर, वडा नं २ को लक्ष्मीपुर, वडा नं ४ को असैना, वडा नं ६ को कसरौल, वडा नं ८ को बेलडाँडी, वडा नं ९ को नौखरी, वडा नं ११ को कलुवापुर र वडा नं १२ को कालागौंडी क्षेत्रका किसानले व्यावसायिकरूपमा आलुखेती गर्दै आएका छन् ।

सबैभन्दा बढी बेलडाँडी, जोनापुर, पिपलाडी क्षेत्रका किसानले आलुखेतीलाई व्यावसायिकरूपमा गर्दै आएका छन् । कृषि विकास शाखाका अनुसार नगरपालिका क्षेत्रमा दुई सय हेक्टर क्षेत्रफलमा उन्नतजातको आलुखेती हुने गरेको छ ।

जसको उत्पादन प्रतिहेक्टर ११ मेट्रिक टन रहेको छ । उन्नत जातको आलुखेतीसँगै नगरपालिकामा एक सय हेक्टर क्षेत्रफलमा स्थानीय जातको आलुखेतीलाई किसानले निरन्तररूपमा अगाडि बढाउँदै अएका छन् । जसको उत्पादन छ दशमलव ५० मेट्रिक टन हुने गरेको छ ।

आलुखेतीलाई विगत एक दशकदेखि निरन्तररूपमा व्यावसायिकरूपमा गर्दै आएका नगरपालिकका वडा नं ३ का किसान चेतराज चौधरीले नगरपालिकाले अनुदानमा आलुको बीउ वितरण गरेर किसानको हौसला बढाएको बताए ।

कृषि ज्ञान केन्द्रले पनि प्रत्येक वर्ष नगरपालिका क्षेत्रमा स्थानीय जातको आलुखेती गर्ने किसानलाई अनुदानमा आलुको बीउ र प्रविधिमा सहयोग पुर्याउँदै आएको छ । जिल्लामा सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रूपमा शुक्लाफाँटा नगरपालिका परिचित रहेको छ ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?