Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सुदूरपश्चिममा औलोका बिरामी घटे


कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी घटदै गएका छन् । औलोका रोगीको उपचार तथा व्यवस्थापन स्थानीय तहसम्म पर्‍याइएका कारण बिरामीको सङ्ख्या घटेको होे । दीपायलस्थित सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म औलाका ५३ बिरामी फेला परेकोमा आयातित बिरामीको सङ्ख्या ४८ रहेको छ भने स्थानीय बिरामी पाँचजना मात्रै फेला परेका छन् । प्लाज्मोडियम भाइभ्याक्सले मन्द किसिमको सङ्क्रमण गराउने भए पनि प्लाज्मोडिएम फाल्सिपारमका कारणले बिरामीको सबैभन्दा बढी ज्यान गएको पाइन्छ । लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्दछ । यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । ती परजीविलाई पोथी एनफिलिज लामखुट्टेले एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ । भारतमा रोजगारी गरेर फर्कनेहरुमा औलोको सङ्क्रमण बढीे देखिएको छ । भारतमा असुरक्षित तरिकाले बस्ने र फर्कदा औलाका जीवाणु बोकेर फर्कने भएकाले औलो नियन्त्रण गर्न चुनौती भएको निरीक्षक जोशीले बताए ।

उनका अनुसार औलोका ८० देखि ९० प्रतिशत रोगी आयातित छन् । उनले आयातित बिरामी र जलवायु परिवर्तनका कारण पहाडी तथा हिमाली जिल्लामा समेत औलोको सङ्क्रमण देखिनु चुनौतीपूर्ण रहेको र निवारणका लागि औलो सर्भिलेन्स रणनीतिअनुसार कार्य अगाडी बढाएको बताए । औलो रोग देखा परेको स्थान वरिपरी रोग सार्ने लामखुट्टे छ छैन, लामखुट्टे उत्पादन हुनसक्ने स्थान छ छैन भन्नेबारे अनुसन्धान गर्दै आइएको र यस कार्यले एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्ने प्रक्रियामा अवरोध आउने भएकाले रोगीको सङख्या घटदै गएको छ । आव २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा एक सय १९ जनामा औलोको सङ्क्रमण देखिएकामा स्थानीय आठ जना र आयातित भारत लगायतबाट एक सय ११ जना पुगेका थिए । तीमध्ये प्लाज्मोडिएम फाल्सिपारमका १७ विरामी थिए भने आयातित बिरामी १४ र स्थानीय तीन जनामा प्लाज्मोडिएम फाल्सिपारमको सङ्क्रमण देखिएको थियो । यसैगरी आव २०७८/७९ मा एक सय ७५ जना औलाका बिरामी देखा परेकोमा आयातित एक सय ५५ र स्थानीयवासी १६ जना बिरामी थिए । तीमध्ये प्लाज्मोडिएम फाल्सिपारमका आयातित १३ बिरामी फेला परेका थिए ।

औलो रोकथाममा विगत दुई दशकदेखि ग्लोबल फण्डको सहयोगमा कीटनाशक विषादीयुक्त झुल समुदायमा वितरण हुदैँ जानु र औलो रोकथामका लागि कीटनाशक विषादी छिड्कावको कार्यहुँदै आएकाले पनि औलो सार्ने लामखुट्टे नियन्त्रण भई रोकथाम हुदै आएको उनले बताए । सुदूरपश्चिममा अहिलेसम्म २४ लाखभन्दा बढी जनसङख्या औलोको जोखिममा छन् । नेपाल औलो रणनीति योजनाअनुसार सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएकामा सन् २०२३ देखि २०२५ सम्म तीन वर्षको अवधिमा स्थानीय बिरामीको सङ्ख्यालाई शून्यमा झार्नुपरेको छ । सङ्घीय संरचनाअनुसार सबै स्वास्थ्य संस्थामा गुणस्तरीय जाँच, उपचारको न्यायोचित पहुँचसँगै रोकथामका उपाय अवलम्बन गर्ने उद्देश्य पनि लिइएको छ ।

 


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?