Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३ माघ २०८२, शनिबार
३ माघ २०८२, शनिबार

सुदूरपश्चिममा औलोका बिरामी घटे


कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी घटदै गएका छन् । औलोका रोगीको उपचार तथा व्यवस्थापन स्थानीय तहसम्म पर्‍याइएका कारण बिरामीको सङ्ख्या घटेको होे । दीपायलस्थित सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म औलाका ५३ बिरामी फेला परेकोमा आयातित बिरामीको सङ्ख्या ४८ रहेको छ भने स्थानीय बिरामी पाँचजना मात्रै फेला परेका छन् । प्लाज्मोडियम भाइभ्याक्सले मन्द किसिमको सङ्क्रमण गराउने भए पनि प्लाज्मोडिएम फाल्सिपारमका कारणले बिरामीको सबैभन्दा बढी ज्यान गएको पाइन्छ । लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्दछ । यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । ती परजीविलाई पोथी एनफिलिज लामखुट्टेले एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ । भारतमा रोजगारी गरेर फर्कनेहरुमा औलोको सङ्क्रमण बढीे देखिएको छ । भारतमा असुरक्षित तरिकाले बस्ने र फर्कदा औलाका जीवाणु बोकेर फर्कने भएकाले औलो नियन्त्रण गर्न चुनौती भएको निरीक्षक जोशीले बताए ।

उनका अनुसार औलोका ८० देखि ९० प्रतिशत रोगी आयातित छन् । उनले आयातित बिरामी र जलवायु परिवर्तनका कारण पहाडी तथा हिमाली जिल्लामा समेत औलोको सङ्क्रमण देखिनु चुनौतीपूर्ण रहेको र निवारणका लागि औलो सर्भिलेन्स रणनीतिअनुसार कार्य अगाडी बढाएको बताए । औलो रोग देखा परेको स्थान वरिपरी रोग सार्ने लामखुट्टे छ छैन, लामखुट्टे उत्पादन हुनसक्ने स्थान छ छैन भन्नेबारे अनुसन्धान गर्दै आइएको र यस कार्यले एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्ने प्रक्रियामा अवरोध आउने भएकाले रोगीको सङख्या घटदै गएको छ । आव २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा एक सय १९ जनामा औलोको सङ्क्रमण देखिएकामा स्थानीय आठ जना र आयातित भारत लगायतबाट एक सय ११ जना पुगेका थिए । तीमध्ये प्लाज्मोडिएम फाल्सिपारमका १७ विरामी थिए भने आयातित बिरामी १४ र स्थानीय तीन जनामा प्लाज्मोडिएम फाल्सिपारमको सङ्क्रमण देखिएको थियो । यसैगरी आव २०७८/७९ मा एक सय ७५ जना औलाका बिरामी देखा परेकोमा आयातित एक सय ५५ र स्थानीयवासी १६ जना बिरामी थिए । तीमध्ये प्लाज्मोडिएम फाल्सिपारमका आयातित १३ बिरामी फेला परेका थिए ।

औलो रोकथाममा विगत दुई दशकदेखि ग्लोबल फण्डको सहयोगमा कीटनाशक विषादीयुक्त झुल समुदायमा वितरण हुदैँ जानु र औलो रोकथामका लागि कीटनाशक विषादी छिड्कावको कार्यहुँदै आएकाले पनि औलो सार्ने लामखुट्टे नियन्त्रण भई रोकथाम हुदै आएको उनले बताए । सुदूरपश्चिममा अहिलेसम्म २४ लाखभन्दा बढी जनसङख्या औलोको जोखिममा छन् । नेपाल औलो रणनीति योजनाअनुसार सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएकामा सन् २०२३ देखि २०२५ सम्म तीन वर्षको अवधिमा स्थानीय बिरामीको सङ्ख्यालाई शून्यमा झार्नुपरेको छ । सङ्घीय संरचनाअनुसार सबै स्वास्थ्य संस्थामा गुणस्तरीय जाँच, उपचारको न्यायोचित पहुँचसँगै रोकथामका उपाय अवलम्बन गर्ने उद्देश्य पनि लिइएको छ ।

 


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?