Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

रेडक्रसद्वारा अस्थायी आवास बनाउन सहयोग


१३ ,कात्तिक ,महेन्द्रनगर (कञ्चनपुर) । नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ ।

गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो ।

त्यसैगरी ती दुई जिल्लाका छ सय भूकम्प प्रभावित परिवारलाई रु १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ ।सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको हो ।

नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले भूकम्पपछि बझाङ र बाजुराका विभिन्न पालिकामा पुगेर स्थानीयलाई त्रिपाल, कम्बल, म्याटलगायतका गैरखाद्य राहत वितरण गरिएको जानकारी दिए ।

“गत वर्ष हामीले डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिदिएका घर टहरामै स्थानीयवासी आश्रित छन्”, उनले भने, “अहिलेको भूकम्पमा पूर्णरुपमा प्रभावित स्थानीयवासीको घर पुनःनिर्माणलगायतमा सहयोगका लागि पनि गृहकार्य हुँदैछ ।”

यस पटक गएको भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पु¥याएको थियो भने बाजुरामा खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बुढीगङ्गा नगरपालिकामा क्षति पुर्याएको थियो ।

रेडक्रसका अनुसार गत महिनाको भूकम्पबाट बझाङमा कूल नौ हजार आठ सय ७६ परिवार प्रभावित छन् । तीमध्ये दुई हजार पाँच सय २२ परिवारको घरबास पूर्णरुपमा क्षतिग्रस्त छ ।

“पूर्णरुपमा प्रभावितमध्ये आठ सय ७१ परिवार घर फर्किसके”, उनले भने, “यहाँ सात हजार तीन सय ५४ घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ ।”

त्यसैगरी बाजुरामा भूकम्पले छ हजार एक सय ७८ परिवार प्रभावित भएका थिए । बाजुरामा एक हजार चार सय ४१ प्रिवार पूर्णरुपले प्रभावित बनेको रेडक्रसले जनाएको छ ।

“चार हजार सात सय ३७ परिवार आंशिकरुपले प्रभावित बने”, उनले भने, “दुवै जिल्लामा हामीले पालिकामा पुगेर तत्काल राहत वितरण गरेका छौँ ।” रेडक्रसले बझाङमा चार सय १५ त्रिपाल र तीन सय ७७ कम्बल, म्याटलगायतका सामग्री वितरण गरेको छ भने बाजुरामा पाँच सय १५ त्रिपाल, चार सय १३ कम्बललगायतका सामग्री वितरण गरेको वरिष्ठ सहायक जप्रेलको भनाइ छ ।

गत वर्ष कात्तिकमा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रविन्दु बनाएर भूकम्प जाँदा डोटीमा छ जनाले ज्यान गुमाउनुका साथै स्थानीय सात जना घाइते भएका थिए ।

भूकम्पका कारण तहसनहस बनेको डोटीको पूर्वीचौकी गाउँपालिकामा सयौँ भौतिक संरचना पूर्णरुपले क्षतिग्रस्तसमेत बन्न पुगेको थियो । भूकम्पपछि आपत्कालीन राहतका साथै स्थानीयको घरटहरा पुनःनिर्माणमा जुटेको रेडक्रस डोटी र बझाङमा भूकम्प पीडितका लागि तीन सय ३३ टहरा निर्माणमा सहयोग गरेको थियो ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?