Trending
>>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणले बङ्गुर मर्न थाले


देशका विभिन्न स्थानमा बङ्गुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणका कारण म्याग्दीमा समेत बङ्गुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिकरूपमै फार्ममा पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमूनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पहिलोपटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको बङ्गुर फार्ममा गरिएको बङ्गुरमा पशुपक्षी अन्वेषण परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । यहाँका ४० भन्दा बढी बङ्गुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखासहितको टोलीले अनुगमन गरेको थियो । बङ्गुर फार्मबाट लैजाने मासु पसलसहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ । केन्द्रका प्रमुख आचार्यले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताउनुभयो । बङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि छ–छ महिनामा बङ्गुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख आचार्यको भनाइ छ । बेनी नगरपालिका–७ मङ्गलाघाटमा साढे दुई सय बङ्गुर मरेको अवस्थामा भेटिएको बेनी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित भएको पशु प्राविधिक प्रदीप गौतमले बताउनुभयो । यो फार्मबाट अन्यत्र पनि सङ्क्रमण फैलिएको हुनसक्छ भनेर केही ठाउँमा परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । पशु सेवा शाखाका अनुसार रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामेको पाँच, टकबहादुर बुढाथोकीको ६५, टीका रोकाको २६ र पूर्वराज घर्तीको सातवटा बङ्गुर मरेको विवरण सङ्कलन भएको छ । समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौँको क्षति हुने व्यवसायीको भनाइ छ ।

जिल्लाभित्र बङ्गुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बङ्गुरपालक कृषकको भनाइ छ । पछिल्लो समय अधिकांश क्षेत्रमा सङ्क्रमण देखिएकाले रोगको शङ्का लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटल तथा रेस्टुरेन्टबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्नुपर्ने भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अनुरोध गरेको छ ।


प्रकाशित मिति: १७ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?