Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

सर्लाहीका विद्यालयलाई शिक्षक अभाव


सर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी आवश्यक पर्छ । तर यहाँ दरबन्दीमा कार्यरत शिक्षकको सङ्ख्या दुई हजार तीन सय ८८ मात्र छ । जिल्लामा दरबन्दीअनुसार अझै दुई हजार नौ सय ३९ शिक्षक आवश्यक भएको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिनुभयो ।

जिल्लामा दुई सय ५० प्रावि तहका संस्थागत विद्यालय, ४१ आधारभूत तहका संस्थागत र ४५ माध्यमिक तहका संस्थागत विद्यालय छन् । जिल्लामा ८६ परम्परागत विद्यालय रहेका कुशवाह बताउनुहुन्छ । जिल्लामा दुई लाख ३४ हजार एक सय ६३ विद्यार्थी अध्ययनरत छन् । “विद्यार्थी सङ्ख्याको अनुपातमा विभिन्न तहमा शिक्षक दरबन्दी अभाव रहेको छ”, उहाँले भन्नुभयो, “विसं २०५७ देखि स्वीकृत शिक्षक दरबन्दी तथा विसं २०६७ देखि शिक्षक अनुदान कोटा (राहत) थपिएको छैन ।” जिल्लाका चार सय ५१ सामुदायिक विद्यालयमध्ये एक सय २६ विद्यालयमा हालसम्म एउटा पनि बालविकास केन्द्र नरहेको कुशवाहले जानकारी दिनुभयो । यसैगरी जिल्लामा दुई सय ९७ प्राथमिक तहका सामुदायिक विद्यालयमध्ये ३६ विद्यालय, ५६ आधारभूत तहका सामुदायिक विद्यालयमध्ये ३० तथा ९८ माध्यमिक तहका सामुदायिक विद्यालयमध्ये १९ वटामा तहगत दरबन्दी नरहेको उहाँले बताउनुभयो ।

पदपूर्ति नहुँदा सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रवाह गर्न पनि कठिनाइ भएको गुनासो आउने गरेको प्राविधिक सहायक कुशवाह बताउनुहुन्छ । जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा पनि पठनपाठनमा समस्या हुने गरेको छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?