Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सर्लाहीका विद्यालयलाई शिक्षक अभाव


सर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी आवश्यक पर्छ । तर यहाँ दरबन्दीमा कार्यरत शिक्षकको सङ्ख्या दुई हजार तीन सय ८८ मात्र छ । जिल्लामा दरबन्दीअनुसार अझै दुई हजार नौ सय ३९ शिक्षक आवश्यक भएको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिनुभयो ।

जिल्लामा दुई सय ५० प्रावि तहका संस्थागत विद्यालय, ४१ आधारभूत तहका संस्थागत र ४५ माध्यमिक तहका संस्थागत विद्यालय छन् । जिल्लामा ८६ परम्परागत विद्यालय रहेका कुशवाह बताउनुहुन्छ । जिल्लामा दुई लाख ३४ हजार एक सय ६३ विद्यार्थी अध्ययनरत छन् । “विद्यार्थी सङ्ख्याको अनुपातमा विभिन्न तहमा शिक्षक दरबन्दी अभाव रहेको छ”, उहाँले भन्नुभयो, “विसं २०५७ देखि स्वीकृत शिक्षक दरबन्दी तथा विसं २०६७ देखि शिक्षक अनुदान कोटा (राहत) थपिएको छैन ।” जिल्लाका चार सय ५१ सामुदायिक विद्यालयमध्ये एक सय २६ विद्यालयमा हालसम्म एउटा पनि बालविकास केन्द्र नरहेको कुशवाहले जानकारी दिनुभयो । यसैगरी जिल्लामा दुई सय ९७ प्राथमिक तहका सामुदायिक विद्यालयमध्ये ३६ विद्यालय, ५६ आधारभूत तहका सामुदायिक विद्यालयमध्ये ३० तथा ९८ माध्यमिक तहका सामुदायिक विद्यालयमध्ये १९ वटामा तहगत दरबन्दी नरहेको उहाँले बताउनुभयो ।

पदपूर्ति नहुँदा सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रवाह गर्न पनि कठिनाइ भएको गुनासो आउने गरेको प्राविधिक सहायक कुशवाह बताउनुहुन्छ । जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा पनि पठनपाठनमा समस्या हुने गरेको छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?