Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा


११ ,कात्तिक ,भक्तपुर । कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरेका हुन् ।

राष्ट्रपतिले नवदुर्गालाई ८४ व्यञ्जन अर्पण गर्दै विशेष पूजा गरे । साथै उनले नवदुर्गा नाचसमेत अवलोकन गरेका छन् । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सङ्कल्प पूजा गराएका थिए ।

त्यसैगरी नवदुर्गाका मूल नाइके कृष्णकुमार बनमाला, सहायक नाइकेहरू भैलबहादुर बनमाला र इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन पनि गरेका थिए ।

विगतका वर्षमा नवदुर्गा मन्दिर प्रवेश गरी राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहेकामा यो वर्ष मन्दिरको प्राङ्गणमा विशेष पूजा गरिएको थियो ।

राष्ट्रपति पौडेललेलाई बागमती प्रदेशका पशुपक्षीमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेशसभा सदस्यद्वय किरण थापा र सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वलीले स्वागत गरेका थिए ।

मल्लकालदेखि राजाहरूले नवदुर्गाको पूजा आए पनि बीचमा यो परम्परा टुटेको थियो । विसं २०४५ को भूकम्पपछि दैवीप्रकोपबाट देश र जनतालाई जोगाउने विश्वासमा तत्कालीन राष्ट्रप्रमुखले यो पूजालाई निरन्तरता दिएको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद बनमालाले जानकारी दिए ।


प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?