Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी


८ ,कात्तिक ,लुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

सो दुर्घटनामा परेर दुइ जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए । कोटहीमाई गाउँपालिका–१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् ।

सो दुर्घटनामा परेर हराइरहेका २० वर्षिय सन्तकुमार राजभरको खोजी कार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कोटहीमाई गाउपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा डुबेर मृत्यु भएका दुइजनाको शब खोजतलासका क्रममा हिजो नै स्थानीयले फेला पारेका थिए । उनीहरुको शव पोष्टमर्टमका लागि भैरहवा लगिएको छ ।

खोलामा डुबेर मृत्यु हुनेमा अमरगञ्जका २४ वर्षिय अजयकुमार नाउँ र १८ वर्षिय अजय राजभर रहेका छन् । मृतक नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कर्यरत प्रहरी जवान हुन् ।

दसैँ मान्न घरमा गएका उनी मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।


प्रकाशित मिति: ८ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?