Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

‘पशुपति प्रसाद २ : भष्मे डन’ को सुखद सुरुवात


८ ,कात्तिक ,काठमाडौँ । दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै रु दुई करोड चालिस लाखको हाराहारीमा व्यापार गरेको जानकारी दिए।

“दसैँको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौँ । यद्यपि चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौँ । त्यहाँको भीडभाडले व्यापार राम्रो गरेको सङ्केत गरेको छ”, निर्माता लामिछानेले भने ।

सातवर्ष अगाडी प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् ।

उनले भष्मे डनलाई यसपटक परिपक्व र भिन्न रुपमा दर्शकले रुचाएको बताए । “समयसँगै आएको बदलावले भष्मे डनलाई आज अभिभावक बनाएको छ । उसमा पशुपति प्रसादको प्रभाव त छ नै, उसको जीवन र भोगाई पनि छ”, अभिनेता कार्कीले भने,“यही चरित्रमार्फत म दर्शक माझ परिचित बनेँ । यसको चरित्र निर्माणमा स्वर बनाउनेदेखि चस्माको प्रयोगसम्म जोखिम नै थियो । अहिले दर्शकको प्रिय बनेको छ ।”

चलचित्र भवन पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल पाएको आभास भएको कार्कीले जानकारी दिए । यसलाई ‘पशुपति प्रसाद’ को दोस्रो भाग वा पात्र विशेषलाई लिएर तयार गरिने ‘स्पिन अफ’ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताए ।

उनले भने,“यसमा कथालाई निरन्तरता दिएका छौँ । सबै पात्र हुनुहुन्छ । त्यसैले यो पहिलो भागकै निरन्तरता हो ।” चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

चलचित्रका वितरक करण श्रेष्ठले चार दिनमा रु छ करोड बढीको कुल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिए । उनले भने, “चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छौँ । नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ । पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ । यद्यपि तथ्याङ्क दसैँ सकिए लगत्तै सार्वजनिक गर्नेछौँ ।”


प्रकाशित मिति: ८ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?