Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सम्पन्न


५ ,कात्तिक ,बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती जात्रा सम्पन्न भएको छ ।

महासप्तमीदेखि सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा दुई सय राँगा र चार सय बोकाको बलि दिइएको हो ।

निङ्गलाशैनी भगवती मन्दिरमा सुदूरपश्चिमकै सबैभन्दा बढी पशु बलि दिने गरिन्छ । भाकलअनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजन आएका थिए । निङ्गलाशैनी माताको हजारौँ दर्शनार्थीले दर्शन गरेका गरेका जनाइएको छ ।

जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थी पुगेका स्थानीय दीपेन्द्रबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि देहीमाडौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका–२ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।

मेलामा शान्ति सुव्यवस्था कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए ।

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चारपटक पूजाआजा हुने गरेको छ । दसैँको महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मङ्सिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि दिइँदैन ।


प्रकाशित मिति: ५ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?