Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

मन्त्री साउद र राजदूत गोदरद्वारा श्रद्धाञ्जली अर्पण


५,कात्तिक ,काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालका लागि इजरायली राजदूत हानान गोदरले इजरायल युद्धमा मारिएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मन्त्री साउद तथा राजदूत गोदर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भइ इजरायलबाट आज ल्याइएका विद्यार्थी शवप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आइपुगेको छ भने एक जनाको शव आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने जनाइएको छ ।

बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।

हालसम्म दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट र कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको छ ।

उनीहरुको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । धनगढीबाट पीडितको घरसम्म शव पुर्‍याइनेछ ।


प्रकाशित मिति: ५ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?