Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

सरकारले सञ्चालन गर्ने भनिएको सुपथ मूल्यको पसल गुल्मीमा खुलेन


गुल्मी । दशैं तिहार पर्वलाई मध्य नजर राखेर सरकारले सञ्चालन गर्ने भनिएको सुपथ मूल्यको पसल गुल्मीमा भने सञ्चालनमा आएको छैन् । जसले गर्दा चाडपर्वको समयमा उपभोक्ताले महङ्गो मूल्य तिरेर भएपनि चाडपर्व मनाउनुपर्ने अवस्था भएको छ । चाडपर्वको बेला उपभोक्तालाई सहुलियत दिन भन्दै सरकारले असोज २१ गतेदेखि गुल्मी सहित ४२ जिल्लाको ४८ ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने भनिएको थियो । तर गुल्मी जिल्लामा भने सञ्चालनमा आएको छैन् । जनताको बारेमा कसैले पनि नसोच्दा चाडपर्वको मुखमा चर्को मूल्य सहेर मनाउनुपर्ने बाध्यता रहेको बताए । असोज २१ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन हुँने सुपथ मूल्यको पसलमा २ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट दिएर दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने योजना सरकारले ल्याएको थियो ।

नेपालीहरुका महान पर्वमा अन्य समयमा भन्दा बजारमा किनमेलको चाप पनि बढने गर्दछ । अहिले बजारमा चिनी, मसला लगायत खाद्ययन्नमा अचाक्ली मूल्य बृद्धि भएको छ । सरकारले चाडपर्वको समयमा सहुलियत पसल खोल्ने आशा देखाए पनि पसल सञ्चालन नगरेर नागरिकलाई निरासा बनाएको धुर्कोट गाउँपालिका वाग्ला निवासी केशव घिमिरेले बताए । जनताको बारेमा कसैले पनि नसोच्दा चाडपर्वको मुखमा चर्को मूल्य सहेर मनाउनुपर्ने बाध्यता रहेको बताए । सुपथ मूल्यको पसल ग्रामीण तहसम्म आउनुले नागरिक सुपथ मूल्यमा सामाग्री किनमेल गर्नबाट बञ्चीत भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए । बजारमा भइरहेको महङ्गी नियन्त्रणमा सुपम मूल्यका पसले राहत दिने अपेक्षा नागरिकको रहेको उनले बताए ।

सरकारले सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उदेश्य राखेको छ । जिल्लामा सुपथ मूल्यको पसल सञ्चालनमा नआएपनि व्यवसायीहरुलाई बाणिज्य संघले निर्धारण गरेको मूल्य भन्दा बढी मूल्य लिएर बिक्री नगर्न आग्रह गरिएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । चाडपर्वको समयमा उपभोक्तालाई मारपर्ने गरि कुनैपनि सामाग्रीको तोकिएको भन्दा बढी मूल्य नलिन र कृत्रिम अभाब सृजना गरेर मूल्य बृद्धि नगर्न सबै व्यवसायीलाई सचेत गराइएको पौडेलको भनाइ रहेको छ । बजारमा भइरहेको मूल्यबृद्धि नियन्त्रण तथा म्याद गएका सामाग्रीको बिक्री बिरतणमा रोक लगाउने उदेश्यले बजार अनुगमन तिब्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

उनले बजारमा कृत्रिम अभाव देखाएर मूल्य बृद्धि गर्ने जो कोहिलाई कानुनी दायरामा ल्याएर कारवाही गरिने बताए । चाडपर्व नजिकिएसँगै दैनिक भान्सामा प्रयोग हुने चामल, चिनी, दाल, मैदा, मसला लगायतका वस्तुको मूल्य आकासिएको छ । अहिले बजारमा सबै दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिको मारमा सर्वसाधारण नागरिक मर्कामा परेका छन् । बजारमा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य थरिथरिका छन् । गाउँदेखि शहरसम्म दैनिक उपभोग गर्ने वस्तुको मुल्यवृद्धिले सर्वसाधारणलाई समस्या निम्ताएको छ । पछिल्लो समय दैनिक उपभोग गर्ने वस्तुको मूल्य आकासिदै गएपछि दैनिक ज्याला मजदूरी गरेर दैनिकी चलाउने अवस्था अझ कष्टकर बन्दै गएको छ ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?