Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

इजरायलमा थोरै समयमा बुझेको कृषि र जमिन


-बन्दना भटराई

इजरायल नेपालको एक प्रदेश जत्तिकै सानो देश हो । त्यहाँको जमिन बन्जर छ । मरुभूमि जस्तो लाग्छ माटो हेर्दा । ठूलो चट्टानमा घर अडिएका छन् । त्यहाँका बासिन्दाले भन्छन् ‘यो देशले पहिला अरूको देशबाट माटो आयातित गरेर कृषी गर्न थालेको हो ।’

इजरायलको कुल जमिनको आधाभन्दा बढी भाग मरुभूमि छ र केवल २०% जमिन प्राकृतिक रूपमा खेतीयोग्य छ । मरुभूमिमा पर्ने भएकाले देशमा पानीको अभाव प्रमुख समस्या हो । यद्यपि इजरायलको भूगोल कृषिको लागि उपयुक्त छैन तर पनि यो ताजा कृषि उत्पादनहरूको प्रमुख निर्यातकर्ताहरू मध्ये एक हो । आजकल कृषि प्रविधिमा विश्व नेता हो । विद्यमान समस्याहरूमा अवसरहरू खोज्दै ड्रिप सिचाइँ, बीउविहीन फलफूल, हाइब्रिड उत्पादन, एक्वाकल्चर, हाइड्रोपोनिक हरितगृह, बीउ उत्पादन, दूग्ध तथा कुखुरापालन, मल र कीटनाशकजस्ता विभिन्न प्रविधिको विकासले कृषिको विश्वमा उदाहरणीय सफलता हाँसिल गरेको छ ।

देशले कृषिमा आफ्नो प्रगतिका लागि विश्वमा उदाहरण बसाइरहेको बेला इजरायलका कुल ९० लाख जनतामध्ये १.७ प्रतिशत मात्रै कृषि क्षेत्रमा संलग्न छन् भन्ने कुरा पत्याउन सकिँदैन । यो सानो जनसंख्याले बाँकी ९८.३% जनसंख्याको लागि खाद्यान्न उत्पादन मात्र होइन, विश्वभर कृषिजन्य वस्तु निर्यात गर्न पनि सक्षम भएको छ।

त्यस्तो कठिन समयमा पनि कुनै जमातका नेपाली दाजुभाइ-दिदीबहिनी देश फर्केर के गर्नु भन्ने पनि हुनुहुन्थ्यो भने कोही देशमै गएर बरु कुटो कोदालो गर्छु त्यहाँ शान्ती छ, त्यहाँ आफ्नै माहोल छ र आफ्नै हावा छ भन्ने पनि हुनुहुन्थ्यो ।

हामी कृषि शिक्षा लिएर अरूको देश सिँगार्न पक्कै गएका थिएनौँ । केही सिकेर देशमा सानो उद्योग खोल्छु भन्ने थिए कोही उच्च शिक्षा हाँसिल गर्न त्यहीँबाट अमेरिका, क्यानाडा, अष्ट्रेलिया जाने जमात थिए । त्यही जमातको म एक हुँ जसलाई बाहिरी देशमा उच्च शिक्षा हासिल गर्न जाने मन छ।

मलाई के लाग्छ भने नि कृषिको विद्यार्थी पढ्नुलाई विदेशिनु ठिक हो तर देशमा फर्केर के गर्नु भन्ने कुरामा दोमन हुनु निराशाजनक कुरा हो । नेपालमा अवसर छैन, आफँै अवसर सिर्जना गर्न लागत छैन् ।

मजस्तै अरु पनि होलान् सरकारी जागिर खानुभन्दा अलिकति पैसा कमाएर देशमा सानो उद्योग खोल्न सकियो भने १२–१५ जना कुवेत, साउदी जान पर्दैन् भन्ने सोच भएका । कोही होलान् आरामले सरकारी जागिर खान्छु अनि जिन्दगी मज्जाले कट्छ भनेर सोच्ने ।

खैर, हामीमा जोस छ, ज्ञान छ, हामी सक्षम छौँ । हामी अरूको देशको प्रगति देख्दा नेपालमा पनि यस्तो गर्न पाए भनेर सपना देख्छौँ र अन्त्यमा त्यो सपना पूरा गराउन कसले सहयोग गर्छ ? यतिसम्म काम र समयलाई बुझेर आएका छौँ त्यति समय कृषिमा हामीले मिलेर दिन सके यो देशमा सुन फल्छ । फेरि देशमा विरक्तिएर, जागिर नै नपाएर देश छोडेर जाने जमातमा फेरि मै पर्छु कि भन्ने प्रश्न छ ?


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?