Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

दशैंअघिको अन्तिम कारोबारको दिन घट्यो नेप्से


काठमाडौं । दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ४.०५ अंकले गिरावट हुँदा १९०३.८४ को विन्दुमा बन्द भएको हो । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गर्दा बुधबार ४३ अंकको उच्च वृद्धि भएको नेप्से बिहीबार भने करेक्सन भएको हो । बजारलाई लिड गर्ने बैंकिङसहित लगानी र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । बिहीबार नबिल बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड ९० लाखको कारोबार हुँदा प्रभु बैंकको संस्थापक सेयर पनि ५ करोड १५ लाख ३७ हजार ६०० कारोबार भएको छ । यस्तै नबिल बैंकको ३ करोड ९१ लाख र घलेम्दी हाइड्रोपावरको २ करोड ८१ लाखको कारोबार भएको छ । हाइड्रोपावर उपसूचकमा सर्वाधिक ०.९६ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.९० प्रतिशतले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । बुधबार ९३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर ९७ करोड ६ लाख पुगेको छ भने २५ हजार ५२० वटा कारोबारमा ३७ लाख ६६ हजार १५३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार बैंकिङ उपसूचक ०.०९ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३६ प्रतिशतले बढेर बन्द भएको छ भने नेप्सेमा कुल २३६ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १५० कम्पनीको सेयरमूल्य घट्दा ८० कम्पनीको बढेको छ । ६ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य सर्वाधिक ५.८७ प्रतिशतले वृद्धि हुँदा बीपीडब्लु लघुवित्तको सेयरमूल्य ४.७६ प्रतिशतले बढेको छ । त्यस्तै अपर सोलु हाइड्रोइलेक्ट्री कम्पनीको सेयरमूल्य ८.२५ प्रतिशतले गिरावट हुँदा इन्फिनिटी लघुवित्तको सेयरमूल्य ६.७३ प्रतिशत र आशा लघुवित्तको सेयरमूल्य ६.६१ प्रतिशतले गिरावट भएको छ ।

 


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?