Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

दशैंअघिको अन्तिम कारोबारको दिन घट्यो नेप्से


काठमाडौं । दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ४.०५ अंकले गिरावट हुँदा १९०३.८४ को विन्दुमा बन्द भएको हो । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गर्दा बुधबार ४३ अंकको उच्च वृद्धि भएको नेप्से बिहीबार भने करेक्सन भएको हो । बजारलाई लिड गर्ने बैंकिङसहित लगानी र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । बिहीबार नबिल बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड ९० लाखको कारोबार हुँदा प्रभु बैंकको संस्थापक सेयर पनि ५ करोड १५ लाख ३७ हजार ६०० कारोबार भएको छ । यस्तै नबिल बैंकको ३ करोड ९१ लाख र घलेम्दी हाइड्रोपावरको २ करोड ८१ लाखको कारोबार भएको छ । हाइड्रोपावर उपसूचकमा सर्वाधिक ०.९६ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.९० प्रतिशतले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । बुधबार ९३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर ९७ करोड ६ लाख पुगेको छ भने २५ हजार ५२० वटा कारोबारमा ३७ लाख ६६ हजार १५३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार बैंकिङ उपसूचक ०.०९ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३६ प्रतिशतले बढेर बन्द भएको छ भने नेप्सेमा कुल २३६ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १५० कम्पनीको सेयरमूल्य घट्दा ८० कम्पनीको बढेको छ । ६ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य सर्वाधिक ५.८७ प्रतिशतले वृद्धि हुँदा बीपीडब्लु लघुवित्तको सेयरमूल्य ४.७६ प्रतिशतले बढेको छ । त्यस्तै अपर सोलु हाइड्रोइलेक्ट्री कम्पनीको सेयरमूल्य ८.२५ प्रतिशतले गिरावट हुँदा इन्फिनिटी लघुवित्तको सेयरमूल्य ६.७३ प्रतिशत र आशा लघुवित्तको सेयरमूल्य ६.६१ प्रतिशतले गिरावट भएको छ ।

 


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?