Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

एसिसी प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा प्रवेश


काठमाडौं । एसिसी उन्नाईस वर्षमुनि यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले सेमिफाइनलमा समूह ‘डि’को विजेतासँग खेल्नेछ । नेपलाले पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो । साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए भने मोहम्मद अहमद ९ रनमा अविजित रहे भने अब्दूल्लाह शिराजले ९ रन बनाए । साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेल एक्लैले ६ विकेट लिए भने आकाश चन्दले २ तथा शुवास भण्डारीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेल्दै १४२ रन बनाएका थिए । आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने दीपक बोहोराले २९ रन बनाए । त्यस्तै, दीपकप्रकाश डुम्रे १४ रनमा आउट हुँदा मिलन बोहरा ९ र दीपेश कंडेलले १४ रन बनाए । साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुई/दुई, विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एक/एक विकेट लिएक थिए ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?