Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता घरघरमै वितरण गर्दै


खोटाङ । साकेला गाउँपालिकाले दसैँको मुखमा सबै वडामा पुगेर बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गत लक्षित वर्गले पाउने सो भत्ता प्रत्येक वडामै पुगेर वितरण गरिएकोे हो । नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गरेर गाउँपालिकाले नेपाल एसबिआई बैङ्कसँगको सहकार्यमा छ स्थानमा भुक्तानी शिविर सञ्चालन गरेर भत्ता वितरण गरेको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिएम चाम्लिङले जानकारी दिए । भौगोलिक विकटता, वृद्धाबस्था र शारीरिक अशक्तताका कारण बैङ्कसम्म आएर आफ्नो भत्ता लिन नसक्ने लाभग्राहीका लागि सञ्चालन गरिएको शिविरबाट पाँचसय ३५ लाभग्राहीलाई रु ८० लाख ४७ हजार वितरण गरिएको थियो ।

गत असोज–२३ गते वडा नं- २ रतन्छामा एकसय ३० लाभग्राहीले रु १८ लाख ४९ हजार र असोज–२४ गते खिदिमामा आयोजना गरिएको शिविरमा ८२ लाभग्राहीले रु नौँ लाख १७ हजार भत्ता बुझेका थिए । असोज–२५ गते वडा नं-५ मा सञ्चालन गरिएको शिविरमा एकसय चारजनाले रु १५ लाख ७५ हजार र असोज–२६ गते वडा नं- ४ मा सञ्चालित शिविरमा ४८ जनाले रु सात लाख ४९ हजार बुझेका थिए । पालिकाको सबैभन्दा टाढाको दूरीमा रहेको वडा नं- १ को बाँझेच्यानडाँडामा असोज–२९ गते सञ्चालन गरिएको शिविरमा ९२ जनाले रु १७ लाख ७३ हजार र सोही वडाको डाँडागाउँस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरमा ७९ जना लाभग्राहीले रु ११ लाख ८४ हजार बुझेका थिए ।

बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि बैङ्कका शाखा प्रबन्धक मेदानीप्रसाद रिजाल आफै वडावडा पुगेका थिए । भौगोलिक कठिनाइका कारण जेष्ठ नागरिक, बृद्धबृद्धा तथा अशक्तहरु गाउँपालिकाको केन्द्रमा रहेको बैङ्कसम्म पुगेर भत्ता लिन नसक्ने देखिएपछि गाउँपालिकाले वर्षको तीन पटक हरेक वडामा घुम्ती शिविर राखेर सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । पाँचवटा मात्र वडा रहेको सो गाउँपालिकामा यसअघि कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा लापरबाही भएको पाइएको थियो ।

गाउँपालिकामै नभएका एउटा व्यक्तिको नामबाट तीनजनाले लामो समयदेखि सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका थिए । उक्त भत्ता वितरणमा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग आयोगमा उजुरी परेकामा दोषीलाई कारबाही गर्न र अनियमितता भएको रकम राज्यकोषमा फिर्ता गर्न गाउँपालिकालाई सिफारिस गरिएको थियो ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?