Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

लम्कीचुहा नगरपालिकालाई शीतभण्डार हस्तान्तरण


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार, कृषि विकास निर्देशनालयले कैलालीको लम्कीचुहा नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार निर्माण गरी हस्तान्तरण गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को रु ५५ लाख बराबरको लागतमा लम्कीचुहा नगरपालिका–४ कौवापुरमा निमार्ण गरिएको उक्त शीतभण्डारको चाबी बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, निर्देशनालयका निर्देशक यज्ञराज जोशी र कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले संयुक्तरुपमा नगरप्रमुख सुशीला शाहीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री चौधरीले कृषि विकासका लागि किसानलाई गर्नुपर्ने सहयोगका लागि सरकार क्रियाशील रहेको समेत बताउए ।

नगर प्रमुख शाहीले शीतभण्डारको प्रयोगबाट किसानलाई राहत हुने विश्वास व्यक्त गर्दैै यसलाई कार्यविधि बनाएर छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिदै शीतभण्डारको उपलब्धताले उत्पादन भएका कृषिउपजको व्यावस्थापन, भण्डारण र बजारीकरणमा सहयोग पुग्ने बताएका छन् । निर्देशनालयका निर्देशक जोशीले प्रदेशका सबै नौ जिल्लामा शीतभण्डार निर्माण गरी हस्तान्तरण गर्ने सरकारको नीतिले कृषि उत्पादन र व्यवसायीकरणमा सहयोग पुग्ने बताउदै कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले ठूलो लगानीमा बढी क्षमताका शीतभण्डारको सञ्चालनभन्दा यस्ता स–साना शीतभण्डार सञ्चालन र व्यवस्थापन गर्न किसानलाई सहज हुने देखिएको बताए ।

 


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?