Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

महोत्तरीमा ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ


जनकपुरधाम । महोत्तरीमा वृद्ध दम्पतीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषरका २९ वर्षीय रमेश सहनी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । दुवैजना पैसा निकालेर घर फर्किरहेको बेला दिउँसो २ बजे गौशालाकै हाइस्कुल नजिकबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक युवकले रकम भएको झोला खोसेर फरार भएका थिए । सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा खोजतलास गर्दा रमेश सहनीले सो रकम लुटपाट गरी भागेको खुलेको डिएसपी गिरीले बताए ।

उनका अनुसार गत असोज ७ गते दिउँसो गौशालाको एनआइसी एसिया बैंकबाट गौशाला नगरपालिका ११ भरतपुर टोल बस्ने शम्भु महतो र उनकी श्रीमती सुर्जकला देवी छोरीले पठाएको ६ लाख ३६ हजार रकम झिकेर घरतर्फ जाँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ लुटिएको थियो । सहनीलाई बुधबार दिउँसो इलाका प्रहरी कार्यालय गौशालाको टोलिले गौशाला नगरपालिका ७ र सर्लाही हरिपुर्वा नगरपालिका ७ को सिमानाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?