Trending
>>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

तीन व्यक्तित्व सम्मानित


३० ,असोज ,काठमाडौँ । खेलकुद तथा समाजसेवामा योगदान दिएका तीन जना व्यक्तित्व सम्मानित भएका छन् ।

नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित भएका हुन् ।

वेस्टर्न युनाइटेड क्लबका अध्यक्षसमेत रहेका समाजसेवी घिमिरेले चन्द्रागिरि नगर क्षेत्रमा खेलकुद प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याउँदै आएका छन् ।

सांसद कृष्णगोपाल श्रेष्ठले उनिहरूलाई सम्मान गर्दै अगामी दिनमा खेलाडी र खेल क्षेत्रको प्रवर्द्धन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिए ।

सो अवसरमा युवाउद्यमी नयन लामिछानेले खेल र खेलाडीलाई सधैँ राजनीतिबाट अलग राखेर अगाडि बढ्नुपर्दछ भने । कार्यक्रम संयोजक सविन तामाङले आगामी दिनमा समाजको विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिँदै जाने बताए ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?