Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

‘लम्पीस्किन’ पीडित किसानलाई राहत


३० ,असोज ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा तीन सय किसानको तीन सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु भएको नगरले जनाएको छ ।

नगरले लम्पीस्किन पीडितलाई राहत वितरणको मापदण्ड तयार गरी दुई वटासम्म पशुचौपाया मरेका किसानलाई राहत दिएको हो । मरेका प्रतिपशुचौपायालाई रु १० हजारका दरले तीन सय किसानलाई तीन सय १० पशुचौपायाको राहत प्रदान गरिएको नगर पशुपक्षी शाखाका प्रमुख लीलानाथ सापकोटाले जानकारी दिए । उनका अनुसार नगरले विपद् व्यवस्थापन कोषबाट उक्त राहत वितरण गरेको हो ।

लम्पीस्किन पनौती नगरको वडा नंं १ मा ३८, वडा नं २ मा २४, ३ मा ६६, ४ मा ३५, ५ मा ३१, ६ मा ११, ७ मा चार, ८ मा १४, ९ मा ६० पशुचौपायाको मृत्यु भएको थियो । त्यस्तै वडा नं १० मा २१, वडा नं ११ मा पाँच र वडा नं १२ मा एक मरेका पशुचौपायाको परिवारलाई राहत वितरण गरिएको शाखाले जनायो ।

लम्पीस्किनका कारण काभ्रेपलाञ्चोकमा हालसम्म ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यसमध्ये जिल्लाको १३ स्थानीय तहमा छ सय ८१ पशुचौपायाको मृत्यु भएको छ । उक्त रोगका कारण गाईगोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । जिल्लाको सबैभन्दा बनेपा नगरको छवटा वडामा एक सय १८ पशु मरेका थिए ।

यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन । लम्पीस्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो । काभे्रपलाञ्चोकमा भने सोही सालको साउनमा पनौतीको एक भैँसीमा देखिएको थियो ।

उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?