Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पार्नुभयो ।

उहाँले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर जुन प्रतिवेदन पेश गरेको छ, यसमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिवेदन बुझाउदै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगले गरेका काम कार्वाहीको बारेमा संक्षिप्त जानकारी गराउनुभयो । उहाँले मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरीरहेको बताउनुभयो ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?