Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

अवैधरूपमा ल्याइएका औषधि बरामद


२८ ,असोज ,नलवपरासी। जिल्ला प्रहरीले रु दस लाखबराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो ।

दुईवटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माईकोफेनोलेट, हेप्रिन इन्जेकसन पि, साइक्लोसपोरिन आइपी, माईकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माईकोफोनोलेट, आर्थोरोपोईटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।

ती औषधि रु नौ लाख ८१ हजार ६२ बराबरको रहेको उहाँको भनाइ थियो । भारतबाट एक व्यक्तिले पैदलै ल्याउँदै गरेको कार्टुनलाई प्रहरीले देख्नासाथ नजिक जाँदा औषधि छोडेर मान्छे फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएको उक्त औषधिलाई महेसपुरस्थित भन्सार कार्यालयमा पठाइएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?