Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दसैंमा यातायातको भाडा वृद्धिप्रति नेविसंघद्वारा सरकारको ध्यानाकर्षण,विद्यार्थीलाई सहुलियत दिन माग


काठमाडौ: नेपाल विद्यार्थी संघले चाडपर्वमा यातायात भाडा वृद्धि भएको बिषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । आइतबार अध्यक्ष दुजाङ शेर्पा सहितको नेविसंघको टोलीले पर्यटनमन्त्री सुदन किँरातीलाई ज्ञापनपत्र बुझाँउदै ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा सबै प्रकारको भाडा वृद्धिलाई नियन्त्रण गर्न माग गरिएको छ। ‘ चाडवाडको बेला विशेष गरेर सडक मार्गहरू र हवाई मार्गहरू निकै व्यस्त हुने समय भएकोले आम जनताको आवश्यकताको गलत फाइदा उठाउदै सबै प्रकारका यातायातको भाडामा भएको वृद्धि प्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ, ‘ज्ञापनपत्रमा भनिएको छ।

साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समेत स्वेच्छाचारी ढंगले हवाई टिकटको मूल्य निर्धारण गरिएको भन्दै अनुगमन र भाडादर नियन्त्रण गर्न माग गरेको छ ।नेविसंघले हवाई टिकटको भाडामा एकरूपता कायम गर्न, विद्यार्थीहरुलाई हवाई जहाजको टिकटमा सहुलियत प्रधान गर्न र नियमित हवाई यातायत सन्चालन गर्न सरकारसँग माग गरेको छ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?