Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

दसैंमा यातायातको भाडा वृद्धिप्रति नेविसंघद्वारा सरकारको ध्यानाकर्षण,विद्यार्थीलाई सहुलियत दिन माग


काठमाडौ: नेपाल विद्यार्थी संघले चाडपर्वमा यातायात भाडा वृद्धि भएको बिषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । आइतबार अध्यक्ष दुजाङ शेर्पा सहितको नेविसंघको टोलीले पर्यटनमन्त्री सुदन किँरातीलाई ज्ञापनपत्र बुझाँउदै ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा सबै प्रकारको भाडा वृद्धिलाई नियन्त्रण गर्न माग गरिएको छ। ‘ चाडवाडको बेला विशेष गरेर सडक मार्गहरू र हवाई मार्गहरू निकै व्यस्त हुने समय भएकोले आम जनताको आवश्यकताको गलत फाइदा उठाउदै सबै प्रकारका यातायातको भाडामा भएको वृद्धि प्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ, ‘ज्ञापनपत्रमा भनिएको छ।

साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समेत स्वेच्छाचारी ढंगले हवाई टिकटको मूल्य निर्धारण गरिएको भन्दै अनुगमन र भाडादर नियन्त्रण गर्न माग गरेको छ ।नेविसंघले हवाई टिकटको भाडामा एकरूपता कायम गर्न, विद्यार्थीहरुलाई हवाई जहाजको टिकटमा सहुलियत प्रधान गर्न र नियमित हवाई यातायत सन्चालन गर्न सरकारसँग माग गरेको छ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?