Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

नवलपरासीको चिसापानी अस्पतालमा निशुल्क कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु,ट्रमा सेन्टर बनाएरै छोड्ने विनोद चौधरीको प्रतिवद्धता


बर्दघाट : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको हो । शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरेका हुन् । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउनेछन् ।

नवलपरासी-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउने जोड दिँदै आएका छन् । चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृटत सेवा दिने अस्पतालका रुपमा काम भइरहेका बेला शनिबारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो । सिजी सबल केन्द्रबाट हालसम्म करिव एक हजार जना लाभान्वित भइसकेका छन् । केन्द्रले निशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ ।

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई ध्यानमा राखेर मानवीय सेवाभावले चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना गरेका हुन् । निर्वाचनका बेला यहाँका नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्यसेवाको व्यवस्था गर्ने घोषणा गरेका नेता चौधरीले नवलपरासीमा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएका छन् । चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ । साथै अस्पताललाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउने फाउण्डेसनको प्रतिवद्धता छ ।

सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टिकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने जनाएका छन् । उनले ट्रमा सेन्टर स्थापनाका लागि सोहि क्षेत्रकै कतिपय नेताहरुले अवरोध गरेको उल्लेख गर्दै आफू यसअभियानबाट पछाडि नहट्ने प्रतिवद्धता जनाए । ‘यो अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी काम हुन्छ । यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण साथ सहयोग हुन्छ,’ उनले भने, ‘ट्रमा सेन्टर बनाउन यँहिकै केहि नेताहरु लागेको देख्दा म आफै लज्जित बनेको छु । तर यो मेरो प्रतिवद्धता हो कि म बनाएरै छोड्छु ।’

बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउण्डेसनले महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘म यसका लागि फाउण्डेसनलाई धन्यवाद दिन चाहन्छु । र अस्पताललाई उत्कृष्ट बनाउन नगरपालिकाले सहयोग गर्नेछ ।’ नवलपुरको मध्यबिन्दू जिल्ला अस्पतालमा पनि सीजी सबल केन्द्र सन्चालनमा रहेको छ ।

सांसद चौधरीकै पहलमा सरकारले चिसापानी अस्पतालसहितह नवलपरासी १ का तीन वटा स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ । यसअघि चिसापानी अस्पतालमा टोकन प्रणालीबाट सेवा लिने व्यवस्था सुरु भइसकेको छ ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?