Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

बर्थिङ सेन्टर’ सञ्चालनमा


२५ ,असोज ,मनहरी (मकवानपुर) । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ ।

बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ सेन्टरमा पहिलोदिन ४० गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उक्त सेन्टरको शुुभारम्भ गर्दै चेपाङ र तामाङ समुदायका महिलालाई लक्षित गरेर सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए ।

सो सेन्टरमा हेटौँडा अस्पतालका डा विदुर भण्डारीले पनि सेवा प्रदान गर्ने जनाइएको छ ।

गाउँपालिकाको स्वास्थ्य संयोजक कृष्णकुमार यादवले पालिकामा वडा नम्बर २, ३, ५, ८, ९ मा यसअघिनै बर्थिङ सेन्टर सञ्चालन भइसकेको जानकारी दिए ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?