Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन


काठमाडौँको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेजको भवन आज उद्घाटन गरिएको छ । विसं २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको उक्त भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको हो । भारत सरकारको अनुदानमा निर्मित तीन तलाको कलेज भवनमा ३० कोठा रहेका छन् ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीच सदियौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस्तो सहयोग दुई देशबीचको आपसी सम्बन्ध र समझदारीको प्रतिविम्ब भएको बताउनुभयो । उहाँले नेपालका स्थानीय समुदायको सहयोगका लागि भारतका धेरै विकास परियोजना रहेको बताउँदै थप सहयोग निरन्तरताको अपेक्षा गर्नुभयो । यसैगरी भारतीय राजदूत श्रीवास्तवले नेपालको शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा भारत सरकारकोतर्फबाट सहयोगका धेरै परियोजना रहेको जानकारी गराउँदै जनस्तरको सहयोग आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले बर्सेनि उच्च शिक्षाका लागि भारत अध्ययनमा जाने नेपाली विद्यार्थीलाई भारत सरकारले छात्रवृत्ति प्रदान गर्दै आएकोसमेत जानकारी गराउनुभयो ।

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारी, जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकी र मदन भण्डारी कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र पौडेलले भवन निर्माणमा भारतले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?