Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन


काठमाडौँको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेजको भवन आज उद्घाटन गरिएको छ । विसं २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको उक्त भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको हो । भारत सरकारको अनुदानमा निर्मित तीन तलाको कलेज भवनमा ३० कोठा रहेका छन् ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीच सदियौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस्तो सहयोग दुई देशबीचको आपसी सम्बन्ध र समझदारीको प्रतिविम्ब भएको बताउनुभयो । उहाँले नेपालका स्थानीय समुदायको सहयोगका लागि भारतका धेरै विकास परियोजना रहेको बताउँदै थप सहयोग निरन्तरताको अपेक्षा गर्नुभयो । यसैगरी भारतीय राजदूत श्रीवास्तवले नेपालको शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा भारत सरकारकोतर्फबाट सहयोगका धेरै परियोजना रहेको जानकारी गराउँदै जनस्तरको सहयोग आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले बर्सेनि उच्च शिक्षाका लागि भारत अध्ययनमा जाने नेपाली विद्यार्थीलाई भारत सरकारले छात्रवृत्ति प्रदान गर्दै आएकोसमेत जानकारी गराउनुभयो ।

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारी, जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकी र मदन भण्डारी कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र पौडेलले भवन निर्माणमा भारतले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?