Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित


२४ ,असोज ,काठमाडौँ । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ सेटमा पराजित गरेको हो ।

अफगानिस्तानसितको आजको खेलमा नेपालले पहिलो सेट २५–१९ अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट १९–२५ तथा तेस्रो सेट २२–२५ अङ्कले गुमाएको थियो । नेपालले चौथो सेट २५–२१ अङ्कले तथा पाँचौँ एवं निर्णायक सेट १५–१० अङ्कले आफ्नो पक्षमा पारेको थियो ।

नेपाल हालसम्म खेलेका तीनमध्ये दुई खेलमा विजयी तथा एउटामा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसित ३–१ सेटले विजयी भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

जारी प्रतियोगितामा अफगानिस्तानको यो पहिलो हार हो । अफगानिस्तानले यसअघि पहिलो खेलमा उज्वेकिस्तानलाई ३–२ तथा दोस्रो खेलमा बङ्गलादेशलाई ३–० को सेटमा पराजित गरेको थियो ।

नेपालले अब शुक्रबार साउदी अरबसित खेल्नेछ । यही असोज २८ गतेसम्म सञ्चालन हुने उत्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब र उज्वेकिस्तान सहभागी छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?