Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

नेपालगञ्जमा कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हट्यो


काठमाडौं । नेपालगञ्जमा लगाइएको कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हटेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्‍यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘‘जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्‍य रहेको हुँदा मिति २०८०/६/२३ गते बिहान ४ बजेदेखि पूर्ण रुपमा कर्फ्‍यु र निषेधाज्ञा हटाइएको छ ।’

साथै कुनै अमुक व्‍यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्‍भावमा खलल पुर्‍याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल गरेको छ ।  सामाजिक सन्जालमा लेखेको विषयलाई हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । पछि कर्फ्यु खुकुलो पारिएको थियो ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति :-

 

 


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?