Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नगर अस्पतालको सम्झौता समयावधि सकिँदा पनि ३५ प्रतिशत मात्र काम सम्पन्न


चितवन । राप्ती नगरपालिकाले निर्माण गर्न लागेको भण्डारा नगर अस्पताल ठेक्का सम्झौताको समयावधि सकिँदा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । विसं २०७८ असार २२ गते दुई वर्षमै निर्माण गर्न सम्झौता भएर सुरु गरिएको सो अस्पताल ठेक्का सम्झौताको समय सकिँदा पनि काममा भने प्रगति नभएको हो । नगरपालिकासँगै जोडिएको यस अस्पताल निर्माणका लागि बुद्धअत्रेय बस्नेत जेभी काठमाडौंले रु १० करोड ४२ लाख ४३ हजार चार सय ९० मा ठेक्का सम्झौता गरे पनि काम भने प्रभावकारी रुपमा हुन नसकेको नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिए ।

प्रादेशिक मन्त्रिपरिषद् बैठकबाट निर्णय भई नगरपालिकालाई भोगचलनका लागि दिएको सो जग्गामा तीन तले अस्पताल निर्माण गर्न लागिएको थियोे । अस्पताल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कमा नआएका कारण अस्पताल निर्माणकै क्रममा अलपत्र परेको उनले जानकारी दिए । अस्पताल निर्माण गर्नका लागि ठेकेदार कम्पनीलाई ताकेता गर्दा विभिन्न बाहना देखाउने गरेको भन्दै नगरप्रमुख लामाले पछिल्लो समयमा भने सम्पर्कमा आएको बताए ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?