Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई


काठमाडौ : क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने र महान्यायाधिवक्ता कार्यालयबाट दर्ता भएको मुद्दाको सुनुवाई आज हुँदैछ ।

आईतवार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ नसकिएपछि आज पुनः सुनुवाइ हुन लागको हो । बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दायर गरेको थियो ।

आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा सन्दीपले पनि निवेदन दिएका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?