Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

लहान बजारको अतिक्रमित सडक पेटी खाली गराइँदै


२२ ,असोज ,सिरहा । सिरहाको लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन सुरु गरेको छ । यसअघि नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो ।

पैदलयात्रुको आवागमनमा अवरोध हुने गरी व्यापारीले सडक पेटी तथा फुटपाथ प्रयोग गरिएपछि नगरपालिकाले ट्राफिक प्रहरीको समेत समन्वयमा फुटपाथ ‘क्लियर’ बनाउने अभियान थालनी गरेको हो ।

ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान÷बोर्ड÷मोटरसाइकल राख्ने गर्नाले सवारी तथा सर्वसाधारणको आवागमनमा कठिनाइ हुने गरेको थियो ।

नगरपालिकाका उपप्रमुख रामचलितर महतोले बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउनको लागि सडक पेटीको अतिक्रमण हटाउन सुरु गरेको जानकारी दिए ।

“सडक पेटीलाई अतिक्रमण गरी व्यापारीले पसल सञ्चालन गर्नुका साथै भौतिक संरचनासमेत निर्माण गर्दा बजार क्षेत्रको सुन्दरतामा ह्रास आयो”, उनले भने, “बजार क्षेत्रको सडकमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठेरो हुने गरेको गुनासो आएपछि अतिक्रमण गरिएको सडक पेटीलाई खाली गराउन सुरु गरिएको हो ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख डम्बरबहादुर पुरीले सडक तथा सडक पेटीमा व्यापारीको अनाधिकृत संरचना हटाएपछि सवारी आवतजावतमा थप सहजता र सुरक्षित हुने जानकारी दिए ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?