Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

लामो खडेरीले हिउँदेबाली नष्ट


लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ । खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् । खेतमा लगाएको गहुँबालीसँगै तेलहनबाली पनि नष्ट भइरहेको छ । लामो समयदेखि हिउँदे वर्षा भएको छैन । गँहुबाली लगाइएका खेत तथा गराबाँझै छन् । पानी नपर्दा र सिँचाइ नहुँदा गहुँबाली सुकेर नासिएको आलिताल गाउँपालिका–२ का किसान देवराज भट्टले जानकारी दिनुभयो । खेतमा लगाइएको गहुँबाली सुक्न थालेपछि भोकमरी हुनसक्ने भयले किसान चिन्तित छन् । पाखो जमिनमा अकाशे वर्षाका भरमा लगाइने खेती पनि सुक्न थालेको छ ।

बजारमा गँहुको मूल्य अकासिँदै छ तर खेत बारी भने बाँझै छन््् । असोज अन्तिम सातापछि वर्षा भएको छैन । वर्षा नहँुदा खोलानाला पनि सुक्दै गइरहेका छन् । जिल्लामा आठ हजार सात सय ४४ हेक्टर जमिनमा गहुँखेती गरिन्छ । गतवर्ष पनि खडेरीले गर्दा एक दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर मात्रै गहुँ उत्पादन भएको थियो । यसवर्ष पनि हिँउदे वर्षा नहँुदा किसान तथा किनेर खाने व्यक्तिलाई समेत समस्या हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । वर्षा नहँुदा हिउँदे तरकारीको पनि उत्पादन घटेको छ । गहुँबाली लगाइने कूल क्षेत्रफलमध्ये वर्षात्को भरमा खेती हुने जमिन ६० प्रतिशत रहेको छ । यसवर्ष अन्य वर्षको तुलनामा उत्पादन ६० देखि ७० प्रतिशतले घट्ने ज्ञान केन्द्रले जनाएको छ । गहुँ तथा तेलहन बाली उत्पादनमा समेत ह्रास आउन सक्ने केन्द्रका प्रमुख भट्टले जानकारी दिनुभयो । लामो समयदेखि पानी नपरेका कारण खेतबारीमा धेरै ठूलो असर परेको मुद्राडस्थित अजयमेरु–१ का किसान शेरबहादुर भण्डारीले बताउनुभयो ।

पाखो जमिन सुख्खा हुँदै गइरहेको र बाली पनि आकाशे पानीकोभरमा छर्नुपरेको अन्य किसानले बताए । उतिबेला छरियो बीउ लामो अवधिसम्म पनि पानी नपर्दा नउमे्रको र उम्रेका बिरुवा पनि मरिरहेको किसान भण्डारीको गुनासो थियो । खेतीपातीका भरमा परिवार पाल्ने किसान बढी चिन्तित छन् । उनीहरुले लगाएको अन्न सुक्दै गइरहेको छ र जग्गाजमिन बाँझो देखिन्छ । उच्च पहाडी क्षेत्रमा लगाएको अन्नबाली पानीको सुविधा नहँुदा नासिँदै गइरहेको अजयमेरु– ३ का इश्वरी चन्दले बताउनुभयो । समयमा पानी नपरेकै कारण जिल्लाका अधिकाशं उर्वराभूिम बाँझो छ । तरकारी खेती गरिरहेका किसान पनि पानी नपर्दा चिन्तित छन्


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?