Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लामो खडेरीले हिउँदेबाली नष्ट


लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ । खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् । खेतमा लगाएको गहुँबालीसँगै तेलहनबाली पनि नष्ट भइरहेको छ । लामो समयदेखि हिउँदे वर्षा भएको छैन । गँहुबाली लगाइएका खेत तथा गराबाँझै छन् । पानी नपर्दा र सिँचाइ नहुँदा गहुँबाली सुकेर नासिएको आलिताल गाउँपालिका–२ का किसान देवराज भट्टले जानकारी दिनुभयो । खेतमा लगाइएको गहुँबाली सुक्न थालेपछि भोकमरी हुनसक्ने भयले किसान चिन्तित छन् । पाखो जमिनमा अकाशे वर्षाका भरमा लगाइने खेती पनि सुक्न थालेको छ ।

बजारमा गँहुको मूल्य अकासिँदै छ तर खेत बारी भने बाँझै छन््् । असोज अन्तिम सातापछि वर्षा भएको छैन । वर्षा नहँुदा खोलानाला पनि सुक्दै गइरहेका छन् । जिल्लामा आठ हजार सात सय ४४ हेक्टर जमिनमा गहुँखेती गरिन्छ । गतवर्ष पनि खडेरीले गर्दा एक दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर मात्रै गहुँ उत्पादन भएको थियो । यसवर्ष पनि हिँउदे वर्षा नहँुदा किसान तथा किनेर खाने व्यक्तिलाई समेत समस्या हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । वर्षा नहँुदा हिउँदे तरकारीको पनि उत्पादन घटेको छ । गहुँबाली लगाइने कूल क्षेत्रफलमध्ये वर्षात्को भरमा खेती हुने जमिन ६० प्रतिशत रहेको छ । यसवर्ष अन्य वर्षको तुलनामा उत्पादन ६० देखि ७० प्रतिशतले घट्ने ज्ञान केन्द्रले जनाएको छ । गहुँ तथा तेलहन बाली उत्पादनमा समेत ह्रास आउन सक्ने केन्द्रका प्रमुख भट्टले जानकारी दिनुभयो । लामो समयदेखि पानी नपरेका कारण खेतबारीमा धेरै ठूलो असर परेको मुद्राडस्थित अजयमेरु–१ का किसान शेरबहादुर भण्डारीले बताउनुभयो ।

पाखो जमिन सुख्खा हुँदै गइरहेको र बाली पनि आकाशे पानीकोभरमा छर्नुपरेको अन्य किसानले बताए । उतिबेला छरियो बीउ लामो अवधिसम्म पनि पानी नपर्दा नउमे्रको र उम्रेका बिरुवा पनि मरिरहेको किसान भण्डारीको गुनासो थियो । खेतीपातीका भरमा परिवार पाल्ने किसान बढी चिन्तित छन् । उनीहरुले लगाएको अन्न सुक्दै गइरहेको छ र जग्गाजमिन बाँझो देखिन्छ । उच्च पहाडी क्षेत्रमा लगाएको अन्नबाली पानीको सुविधा नहँुदा नासिँदै गइरहेको अजयमेरु– ३ का इश्वरी चन्दले बताउनुभयो । समयमा पानी नपरेकै कारण जिल्लाका अधिकाशं उर्वराभूिम बाँझो छ । तरकारी खेती गरिरहेका किसान पनि पानी नपर्दा चिन्तित छन्


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?