Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपतिसंग विवेकशील साझा पार्टीको भेटवार्ता: संवैधानिक संस्थाहरुको गरिमा वचाउन विशेष ध्यानाकर्षण


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र संबर्धन अभियान’वारे जानकारी गराएको छ। पार्टी अध्यक्ष समिक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा.सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संबर्धनका लागि यसका आधार स्तम्भहरु राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा वचाईराख्न गणतान्त्र बिरोधीहरूको अनावश्क प्रहार र दुश्प्रचारप्रति सचेत रहन विशेष ध्यानाकर्षण गराएको हो।

लोकतन्त्रको संस्थागत विकास र नागरिकको संबृद्धिको चाहना साकार पार्न संबैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरुलाई दलीय दुश्प्रभावबाट मुक्त गर्नु पर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराएको थियो।प्रतिनिधि मण्डलले संबिधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरुलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहका लागि अनुरोध समेत गरेको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र संवर्धन गरेर मुलुकको संबृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले श्रम र जनशक्तिको विदेश पलायनले गाऊँ रित्तिरहेकेमा चिन्ता प्रकट गर्दे देशमै राम्रो शिक्षा र रोजगारीको सृजना गरेर गाउँमै बसों-बसौ बनाउनु आजको आवश्यकता रहेको पनि औल्याँउनुभयो ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?