Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजिप्ट र रुसद्वारा इरान र इजरायलबीच युद्ध रोक्न आग्रह


एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र रुसी समकक्षी सर्गेई लाभरोभले इरान र इजरायलबीचको तनाव रोक्न आह्वान गरेका छन् ।

राजनीतिक र कुटनीतिक समाधान र वार्तामा फर्कन आग्रह समेत गरेका छन् । फोन वार्ताको क्रममा दुई मन्त्रीहरूले संकटको समाधान सैन्य शक्ति नभएकोमा जोड दिए ।

युद्धले क्षेत्रीय सुरक्षा र स्थिरतामा गम्भीर परिणाम ल्याउनसक्ने बताए । अब्देलाट्टी र लाभरोभ दुवैले शान्ती पुनस्र्थापना गर्नु नै हालको द्वन्द्वलाई छिमेकी देशहरू र धेरै क्षेत्रमा विस्तार हुनबाट रोक्ने एकमात्र तरिका भएको बताए ।

इरान र इजरायलबीचको घातक हवाई द्वन्द्व पाँचौं दिनमा प्रवेश गरेको छ । इरानमा कम्तिमा २ सय ४४ जना र इजरायलमा २४ जनाको मृत्यु भएको छ । जुन १३ मा इजरायलले इरानभर गरेको अचानक हवाई आक्रमणपछि तनाव बढेको थियो ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?