Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

इजिप्ट र रुसद्वारा इरान र इजरायलबीच युद्ध रोक्न आग्रह


एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र रुसी समकक्षी सर्गेई लाभरोभले इरान र इजरायलबीचको तनाव रोक्न आह्वान गरेका छन् ।

राजनीतिक र कुटनीतिक समाधान र वार्तामा फर्कन आग्रह समेत गरेका छन् । फोन वार्ताको क्रममा दुई मन्त्रीहरूले संकटको समाधान सैन्य शक्ति नभएकोमा जोड दिए ।

युद्धले क्षेत्रीय सुरक्षा र स्थिरतामा गम्भीर परिणाम ल्याउनसक्ने बताए । अब्देलाट्टी र लाभरोभ दुवैले शान्ती पुनस्र्थापना गर्नु नै हालको द्वन्द्वलाई छिमेकी देशहरू र धेरै क्षेत्रमा विस्तार हुनबाट रोक्ने एकमात्र तरिका भएको बताए ।

इरान र इजरायलबीचको घातक हवाई द्वन्द्व पाँचौं दिनमा प्रवेश गरेको छ । इरानमा कम्तिमा २ सय ४४ जना र इजरायलमा २४ जनाको मृत्यु भएको छ । जुन १३ मा इजरायलले इरानभर गरेको अचानक हवाई आक्रमणपछि तनाव बढेको थियो ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?