Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

इजरायली सेनाको आक्रमणबाट दक्षिण गाजामा ५१ प्यालेस्टिनीहरूको मृत्यु


एजेन्सी। इजरायली सेनाले मंगलवार बिहान दक्षिणी गाजा पट्टीको खान युनिसमा सहायताको पर्खाइमा रहेका कम्तीमा ५१ प्यालेस्टिनीको हत्या गरेको छ ।

खान युनिसको अल–ताहलिया राउन्डअबाउट नजिकै इजरायली आक्रमणमा २ सय भन्दा बढी घाइते भएका छन् । जसमा २० जनाको अवस्था गम्भीर छ । घटनाको बारेमा इजरायली सेनाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको थियो । इजरायलले आफ्नो हमलाहरू पुनः शुरु गरेदेखि कम्तिमा ५ हजार १ सय ३९ प्यालेस्टिनीहरू मारिएका छन् । १६ हजार ८ सय ८२ जना घाइते भएका छन् ।

अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५५ हजार ४ सय ३२ पुगेको छ । घाइतेहरूको संख्या १ लाख २८ हजार ९ सय २३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?