Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजरायली सेनाको आक्रमणबाट दक्षिण गाजामा ५१ प्यालेस्टिनीहरूको मृत्यु


एजेन्सी। इजरायली सेनाले मंगलवार बिहान दक्षिणी गाजा पट्टीको खान युनिसमा सहायताको पर्खाइमा रहेका कम्तीमा ५१ प्यालेस्टिनीको हत्या गरेको छ ।

खान युनिसको अल–ताहलिया राउन्डअबाउट नजिकै इजरायली आक्रमणमा २ सय भन्दा बढी घाइते भएका छन् । जसमा २० जनाको अवस्था गम्भीर छ । घटनाको बारेमा इजरायली सेनाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको थियो । इजरायलले आफ्नो हमलाहरू पुनः शुरु गरेदेखि कम्तिमा ५ हजार १ सय ३९ प्यालेस्टिनीहरू मारिएका छन् । १६ हजार ८ सय ८२ जना घाइते भएका छन् ।

अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५५ हजार ४ सय ३२ पुगेको छ । घाइतेहरूको संख्या १ लाख २८ हजार ९ सय २३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?