Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इरानमा सैन्य अभियान जारी राख्छौँः इजरायल


एजेन्सी। इजरायलले इरानमा हवाई आक्रमणको अर्को चरण शुरु गरेको बताएको छ ।

आफ्नो सैन्य अभियानलाई अगाडि बढाउन दृढ संकल्पित रहेको इजरायलको भनाइ छ । इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले निरन्तर इजरायली हवाई आक्रमणको परिणामस्वरूप इरानी सेनालाई पछि धकेल्दै गएको बताए ।

डिफ्रिनले लगभग ६० इजरायली लडाकु विमानहरूले मंगलवारको सुरुमा तेहरान क्षेत्रमा १२ भूमिगत मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्षित गर्दै ठूलो आक्रमण गरेका थिए । जुन १३ मा इजरायलले इरानभरि गरेको अचानक हवाई आक्रमणबाट शुरु भएको हवाई द्वन्द्वमा इरानमा कम्तिमा २ सय ४४ र इजरायलमा २४ जनाको मृत्यु भएको छ ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?