Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

सेयर बजारमा दोहोरो अंकले गिरावट


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.०४ अंकले गिरावट हुँदा १९५६.९२ को विन्दुमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो निराशाले नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । मंगलबार १७.५६ अंकले गिरावट भएको नेप्से बुधबार ९.२४ अंकले वृद्धि भएको थियो । तर, बिहीबार पुनः सोमबारको क्लोजिङ विन्दुबाट ०.५६ प्रतिशतले गिरावट भएको हो । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । म्युचुअल फण्ड उपसूचक २.३४ प्रतिशतले बढेर बन्द भएको छ । होटल तथा पर्यटन उपसूचक १.१७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.८४ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको हो । मंगलबार नेप्सेमा गिरावटका बाबजुत पनि १ अर्ब १९ करोड ९१ लाखको कारोबार भएको थियो । बुधबार नेप्से बढेपनि कारोबार रकम थप घटेर १ अर्ब १८ करोड ९९ लाखको कारोबार भएको थियो । तर, बिहीबार कारोबार रकम थप घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । ५० हजार ६९ वटा कारोबारमा ३५ लाख ६२ हजार ६२४ कित्ता सूचीकृत कम्पनीको सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । बिहीबार कारोबार भएकोमध्ये सिटिजन्स लाइफको सर्वाधिक ४ करोड ४३ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड १८ लाख र सोल्टी होटलको ३ करोड ९ लाखको कारोबार भएको हो ।

बिहीबार बजारमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएका छन् । जसमध्ये १७२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य ९.३० प्रतिशतले वृद्धि हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ८.२६ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ७.९१ प्रतिशतले बढेको हो । इनफिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले गिरावट हुँदा मध्येभोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य ६।६४ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.३१ प्रतिशतले गिरावट भएको हो ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?