Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

मुक्तिनाथ कृषि कम्पनीले १० कात्तिकदेखि आईपीओ निष्कास गर्दै


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० कात्तिकदेखि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको सेयरको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ लिमिटेड ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओका लागि २४ कात्तिकसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा काम गरीरहेको कम्पनीको मुक्तिनाथ विकास बैंकको समेत लगानीमा स्थापना भएको कम्पनीको सञ्चालक समिति अध्यक्षमा मुक्तिनाथ विकास बैककै अध्यक्ष भरतराज ढकाल छन् ।

आर्थिक वर्ष २०७६/७७ र आब २०७७/७८ मा नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०७८/७९ मा भने ठुलो नोक्सानीमा गएको थियो । गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाा ३२ पैसा रहेको छ । कम्पनी ४ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?