Trending
>>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा >>   नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

मुक्तिनाथ कृषि कम्पनीले १० कात्तिकदेखि आईपीओ निष्कास गर्दै


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० कात्तिकदेखि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको सेयरको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ लिमिटेड ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओका लागि २४ कात्तिकसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा काम गरीरहेको कम्पनीको मुक्तिनाथ विकास बैंकको समेत लगानीमा स्थापना भएको कम्पनीको सञ्चालक समिति अध्यक्षमा मुक्तिनाथ विकास बैककै अध्यक्ष भरतराज ढकाल छन् ।

आर्थिक वर्ष २०७६/७७ र आब २०७७/७८ मा नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०७८/७९ मा भने ठुलो नोक्सानीमा गएको थियो । गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाा ३२ पैसा रहेको छ । कम्पनी ४ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?