Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पशु संरक्षणमा चुनौती


कञ्चनपुर । जनावरहरुको संरक्षण गर्नाका साथै महत्वका बारेमा जागरुक गराउन हरेक वर्ष अक्टोवर ४ मा विश्व पशु दिवस मनाइन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको योगदान  महत्वपूर्ण रहन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ । हिन्दू धर्मावलम्बीमा पशुलाई देवताको प्रतीकका रुपमा पूजा गर्ने संस्कार रहेको छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनका रुपमा पुज्ने प्रचलन छ । तिहारमा विशेषगरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पुण्य दिने दानसँग तुलना गरिन्छ । पछिल्लो समय पूजा गरिने गाईको संरक्षण भने हुन सकेको छैन । राष्ट्रिय जनावरका रुपमा रहेको गाई लगायतका जनावर प्रतिको मानवीय व्यवहार भने क्रूर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन् ।
पाँच वर्षदेखि छाडा पशुको उपचारमा खटिएका पशु संरक्षणकर्मी विष्णुप्रसाद पनेरुले पछिल्लो समय पशुप्रति मानव क्रूर हुन थालेको बताए । उनले आफू पाँच वर्षदेखि निरन्तर रुपमा छाडा पशुको संरक्षण, घाइतेहरुको उपचारमा खटिएको बताए । “पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्तिले पशु संरक्षण हुन सकेका छैन”, “यहाँ पशु संरक्षणका लागि थुप्रै गौशाला निर्माण भएका छन्, त्यहा राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन उनले भने । त्यसैगरी छाडा पशुको स्याहारमा खटिएका यहाँका स्थानीय मदन चन्दले पछिल्लो समय पशुलाई मानविय व्यवहार नभएको बताए । “मानिसहरु स्वार्थी भए दूध दिए मात्रै पाल्ने नभए सडकमा छाड्ने जुन प्रवृत्ति छ यसले ठूलो समस्या सिर्जना गरेको छ”, उनले भने, “राष्ट्रिय जनावर र तिहारमा पूजा गरिने गाईप्रति मानवीय व्यवहार भएको छैन ।” उनले सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन नसकेको बताए । सडकमा पशुलाई छाडा छाड्दा सवारी दुर्घटनाको जोखिम बढेको छ भने सडक कुरुपसमेत हुने गरेको छ । जनावरहरुको संरक्षणका लागि सबै पक्षले सचेत भए मात्रै पशु संरक्षण गर्न सकिने संरक्षणकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?