Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुँदै, तयारी पूरा


काठमाडौ :नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सहआयोजनामा ह्याकाथुन कार्यक्रमको आयोजना हुन लागेको छ । यहि फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा परिचर्चा सँगै समाधानको प्रयास थालिने छ ।
विशेषगरी सरकारी कार्यालयहरु जस्तै–मालपोत कार्यालय, अध्यागमन विभाग, राहादानी विभाग, यातायात कार्यालयमा हुने गरेका सर्भर डाउनको समया, महिनौ सम्म सेवाग्राहीले सेवना लिन नसकेका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे र उक्त कार्यालयबाट सेवाग्राहीले सेवा सुविधालाई प्रविधिको विकास र प्रयोगबाट कसरी छिटो, छरितो र चुस्त बनाउनन्छ भन्नेबारे चर्चा र प्रयोगहरु गरिनेछ ।

त्यस्तैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से), मोबाईल बैंकिङ लगायतका क्षेत्रको सिस्टममा हुने क्रुटि र प्राविकि समस्यालाई समाधान गर्न विद्यार्थीहरुले कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्नेछन् । त्यस्तै, त्रिभुवन विश्व विद्यालयले लिएका परिक्षाको परिक्षाफल निकाल्न एक वर्ष भन्दा बढी समय लाग्दै आएकोमा शैक्षिक प्रविधिको विकासमार्फत परिक्षा दिएको १५ दिन भित्र नतिजा सार्वजनिक गर्न प्राविधिक ज्ञान, सिपको प्रयोगबाट सहज र छिटो कसरी नतिजा सार्वजनिक गर्न सकिन्छ भन्नेबारे सिस्टमको विकास गरिनेछ ।

यस ह्याकाथुन कार्यक्रममार्फत काठमाडौं लगायत देशभरका शहरहरुमा बढ्दो प्रदुषण र फोहर व्यवस्थापनलाई प्राविधिक साहायतामा कसरी समाधान समाधान गरेर सफा र शुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा सिस्टम तयार पारिनेछ ।

त्यस्तै सरकारी कार्यालयमा दस्तावेजको रुपमा राखिने कागजातहरु खोज्दा नभेटिने अवस्थाको अन्त्य गर्न सरकारी संयन्त्रलाई कसरी चुस्त र तन्दरुस्त राख्न सकिन्छ भन्नेबारे विद्यार्थीहरुले राउन्ड टेवलमा बसेर कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्नेछन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?