Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुँदै, तयारी पूरा


काठमाडौ :नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सहआयोजनामा ह्याकाथुन कार्यक्रमको आयोजना हुन लागेको छ । यहि फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा परिचर्चा सँगै समाधानको प्रयास थालिने छ ।
विशेषगरी सरकारी कार्यालयहरु जस्तै–मालपोत कार्यालय, अध्यागमन विभाग, राहादानी विभाग, यातायात कार्यालयमा हुने गरेका सर्भर डाउनको समया, महिनौ सम्म सेवाग्राहीले सेवना लिन नसकेका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे र उक्त कार्यालयबाट सेवाग्राहीले सेवा सुविधालाई प्रविधिको विकास र प्रयोगबाट कसरी छिटो, छरितो र चुस्त बनाउनन्छ भन्नेबारे चर्चा र प्रयोगहरु गरिनेछ ।

त्यस्तैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से), मोबाईल बैंकिङ लगायतका क्षेत्रको सिस्टममा हुने क्रुटि र प्राविकि समस्यालाई समाधान गर्न विद्यार्थीहरुले कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्नेछन् । त्यस्तै, त्रिभुवन विश्व विद्यालयले लिएका परिक्षाको परिक्षाफल निकाल्न एक वर्ष भन्दा बढी समय लाग्दै आएकोमा शैक्षिक प्रविधिको विकासमार्फत परिक्षा दिएको १५ दिन भित्र नतिजा सार्वजनिक गर्न प्राविधिक ज्ञान, सिपको प्रयोगबाट सहज र छिटो कसरी नतिजा सार्वजनिक गर्न सकिन्छ भन्नेबारे सिस्टमको विकास गरिनेछ ।

यस ह्याकाथुन कार्यक्रममार्फत काठमाडौं लगायत देशभरका शहरहरुमा बढ्दो प्रदुषण र फोहर व्यवस्थापनलाई प्राविधिक साहायतामा कसरी समाधान समाधान गरेर सफा र शुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा सिस्टम तयार पारिनेछ ।

त्यस्तै सरकारी कार्यालयमा दस्तावेजको रुपमा राखिने कागजातहरु खोज्दा नभेटिने अवस्थाको अन्त्य गर्न सरकारी संयन्त्रलाई कसरी चुस्त र तन्दरुस्त राख्न सकिन्छ भन्नेबारे विद्यार्थीहरुले राउन्ड टेवलमा बसेर कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्नेछन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?