Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा


काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिक साधारणसभा असोज १५ गते विविध विषयमा छलफलका साथ सम्पन्न भएको छ । सो संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा लामो समयदेखि संघको कार्य समितिमा रहि आफ्नो अमूल्य योगदान दिनुभएका पदाधिकारीहरुलाई संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उहाँहरुको योगदानको कदर स्वरुप खादा तथा दोसल्ला ओढाई सम्मान गर्नुकासाथै मायाको चिनो प्रदान गर्नुभएको थियो । सो अवसरमा संघकी सदस्य सचिव श्रीमती तुलामाया ठाडामगरले संघको वार्षिक कार्य प्रगति विवरण तथा संघकी कोषाध्यक्ष श्रीमती पुजा राजभण्डारीले आर्थिक वर्ष २०७९/०८० को आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

संघको लक्षित उद्देश्य र समाज सेवाको क्षेत्रमा संघबाट भइरहेका उपलब्धि लगायत विविध विषयमा सो साधारणसभामा छलफल भएको थियो । संघले शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै सेवामूलक एवं जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्नेदेखि विपद प्रकोपमा पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशिय सुविधासहितको अध्ययनको व्यवस्था लगायत अन्य विविध कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

सोही अवसरमा संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सशस्त्र प्रहरी परिवार महिला संघले संचालन गरेको आधारभूत सिलाई कटाई तालिम समापन गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो । त्यस्तै संघले यही असोज १० देखि १४ गतेसम्म संघका पदाधिकारीहरुका लागि संचालन गरेको उद्घोषण तालिमको प्रशिक्षकलाई समेत संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथा राष्ट्रसेक सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?