Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी


काठमाडौं। हाड जोर्नी तथा नसा रोग विशेषज्ञद्वय डाक्टर डा. प्रमोद लामिछाने र डा. अनिल भट्टराईद्वारा लिखित पुस्तक ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ सार्वजनिक भएको छ । पुस्तक गत असार २४ गते सार्वजनिक भएको हो । हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञका रुपमा डाक्टरद्वय लामिछाने र भट्टराई अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा कार्यरत छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फन डा. भट्टराईले आफूले गरेको उपचार, अप्रेसन र अनुभवका आधारमा नेपालमा पहिलोपटक हाडजोर्नी तथा नसा रोगसम्बन्धी किताब प्रकाशनमा ल्याएको बताए ।

उक्त पुस्तकमा हाडजोर्नी उपचारका सम्बन्धमा नयाँ विधि र सिद्धान्त उल्लेख गरिएको उनले बताए । डा. लामिछानेले उक्त पुस्तक नितान्त अनुभवको आधारमा लेखिएको भएर सबैले मान्नुपर्छ भन्ने बाध्यता नरहेको बताए । भविष्यमा यो पुस्तकमा उल्लेख भएका कुराहरु सिद्धान्तको रूपमा स्थापित हुने उनको दाबी छ ।

‘आफूले गरेको उपचार र अप्रेसनको आधारमा नेपालमा पहिलोपटक हाडजोर्नी तथा नसा रोगसम्बन्धी किताब प्रकाशन गरेका छौं ।’ उनले भने, ‘यो अन्य प्रकृतिको किताब नभई अनुभवको आधारमा लेखिएको किताब हो । सबैले यसलाई मान्नै पर्छ भन्ने छैन । यहाँ नयाँ विधि र सिद्धान्तको उल्लेख गरिएको छ, जुन भविष्यमा विश्वभर सिद्धान्तको रुपमा विकास हुनेछ भनेर विश्वास लिएका छौं ।’

उनले उक्त किताब दुरदराजमा काम गर्ने चिकित्सकहरुका लागि उपयोगी हुनेमा आफूहरुले विश्वास लिएकोे बताए । मुख्य सिद्धान्तलाई आधार मानेर आफ्नो देशको भौगोलिक अवस्था, उपलब्ध जनशक्ति, सीमित स्रोत साधन र कमजोर आर्थिक अवस्थाका विरामीहरुलाई केही विधि र सिद्धान्त फरक गरेर पनि उस्तै परिणामको उचार र अप्रेसन सेवा दिन सकिन्छ भन्ने ज्ञान प्रदान गर्नु यस पुस्तकको मु्ख्य उद्देश्य रहेको उनले बताए । पुस्तकमा जतिसक्दो कम खर्चमा कसरी हाड जोर्नी सम्बन्धी उपचार दिन सकिन्छ भनेर उल्लेख गरिएको डा. लामिछानेले बताए ।

किताबमा लेखिएका नयाँ कुराहरुका बारेमा उल्लेख गर्दै उनले भने,‘हामीले संसारका विभिन्न देशमा गएर युरोप कोरिया र साथउ अफ्रिका र नेपालका विभिन्न ठाउँमा गएर हामीले सुन्निएको ठाउँमा अप्रेसन गर्दा केही फरक पर्दैन । यति सयको अप्रेसन गर्दा इन्फेक्सन छैन, रिजल्ट राम्रो छ भन्ने कुरा कारण र तथ्यसहित प्रस्तुत गरेका छौं । ओपन फ्याक्चरमा छ घण्टाभित्र आइपुगेको छ भने छ घण्टाभित्र अप्रेसन गर्दा त्यसमा संक्रमण हुँदैन, भएपनि एकदम न्युन र अन्तराष्ट्रिय किताबले मान्यता दिएको छ त्यसको आधारमा मात्र हुन्छ भन्ने तथ्य हामीले यस किताबमा प्रस्तुत गरेका छौं ।’ पुस्तक नेपाली अर्थोपेडिक सर्जनहरुका लागि कोशेढुंगा सावित हुने विश्वास लिएको उनले बताए ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?