Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

होहल्ला गरेको आरोपमा डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा !


राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेकाे आराेपमा टिकटक स्टार पक्राउ परेको हो ।

वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबेे दाेषि नरहेको घटना बारे अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेकाे आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको हो। विहिवार राति १२ बजे सम्म तलको हलमा अश्लील नृत्य तथा हाेहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बडिकाे संख्यामा रहेका दर्शक भागेका थिए ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?