Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै


१३ ,असोज ,तुलसीपुर । घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताए ।

“असोजमा काम सक्ने गरी सम्झौता भएको हो”, उनले भने, “मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ ।” यसअघि चार लेनका क्रममा भत्किएको सडकलाई दुई लेनमै मर्मत गर्ने गरी काम अघि बढाइएको हो ।

हात्तीखौवाबाट गुर्जेखोलासम्मको १३ किलोमिटर सडक मर्मत कामको जिम्मा रोल्पा स्वच्छन्द निर्माण सेवाले लिएको छ । रु एक करोड १६ लाखमा उक्त कम्पनीले ठेक्का लिएको हो ।

गुर्जेखोलाबाट बबईखोलासम्मको ११ किलोमिटर सडक मर्मतको जिम्मा रोल्पा निर्माण सेवाले रु एक करोड ४२ लाखमा लिएको छ । सोही कम्पनीले पनि काम सुरु गरेको छ ।

दुई लेन सडक मर्मतका लागि रु दुई करोड ५८ लाख छुट्याइएको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

यसअघि चार लेन मर्मतका लागि भन्दै यसअघि रहेको पक्की सडक भत्काइएको थियो । जसले गर्दा बीच–बीचमा खाल्डाखुल्डी छन् । ती खाल्डाखुल्डीले गर्दा आवतजावतमा निकै समस्या पर्ने गरेको छ ।

पटक–पटक म्याद थप गर्दा पनि चार लेन निर्माणको कामले गति लिन नसकेका कारण दाङका जनताले विरोध जनाएका थिए । सोही विरोधपछि चार लेन ठेक्का तोडिएको थियो । ठेक्का तोडिएपछि सडकबीचका खाल्डाखुल्डी मर्मतको काम अघि बढेको हो ।

यअसघि विसं २०७५ पुस १३ गते तुलसीपुरको हात्तीखौवाचोकबाट घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तार गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो ।

भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको थियो । तर उक्त सडकको काम पेटीठेकेदारलाई जिम्मा दिइएको थियो । पाँच वर्षमा आठ जना पेटी ठेकेदार फेरिए पनि काम भने समयमा पूरा हुन सकेन ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?