Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको संयुक्त वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं – नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आठौं नवौं संयुक्त वार्षिक साधारणसभा शुक्रबार काठमाडौं सम्पन्न भएको छ ।

साधारणसभामा देशभरबाट करिब ३ सयभन्दा बढी व्यवसायीहरुको सहभागीता रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मी जानकारी दिए।

साधारणसभामा क्रसर व्यवसायीहरुले क्रसरको मापदण्ड देशभर एउटै हुँदा समस्या भएको र भूगोल अनुसार मापदण्ड बनाउने आग्रह गरे साथै गिट्टी बालुवा तथा नदी जन्य पर्दाथको निकासी लागि व्यवस्था गर्ने समेत माग गरे ।

प्रतिनिधि सदस्य रामहरि खातिवडाले राज्यले क्रसर व्यवसायीहरुको लगानीको सुरक्षा गर्नुपर्ने र सधै व्यवसायीको टाउकोमा लठ्ठी हान्ने काम बन्द गर्नुपर्ने बताए ।

साधारणसभामा उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले क्रसर व्यवसायीहरुले भोग्दै आएको समस्याहरुको समाधानका लागि सविधान र कानुन हुन सक्ने समस्याहरुको समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । अभिभावक मन्त्रालय सङ्घिय मामिला तथा सामान्य प्रशासन भएकाले कानुन बनाउने सवालमा व्यवसायीहरु संग सहकार्य गर्ने र सुझावका लागि समेत आग्रह गरे ।

महासंघका अध्यक्ष , सिताराम न्यौपानेले क्रसर क्षेत्रको समस्याहरुको दीर्घकालीन रुपमा समाधानका लागि सरकारलाई आग्रह गरे उनले भने सरकारले जहिले पनि यो क्षेत्रलाई गिजोलने काम मात्रै गरेको अब दिगो समाधान गरि ढुक्क भएर व्यवसाय गर्ने वातावरण सिर्जना गरिदिन सरकारलाई आग्रह समेत गरे ।

२०७७ माघ २० गते बुटवलमा महासंघको सम्पन्न सातौं अघिबेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?