Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नेपालको संविधान विश्वकै उत्कृष्ट : राजदूत खत्री


वाशिङ्टन डिसी, अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताएका छन् । संविधानले नागरिकको न्यूनतम अधिकार सुरक्षित गर्दै प्रजातन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक सहभागितालाई आत्मसात गरेको भन्दै संविधान निकै राम्रो बनेको बताए । बिहीबार वाशिङ्टन डिसीमा नेपालको राष्ट्रिय दिवसका अवसरमा आयोजित समारोहमा राजदूत खत्रीले प्रजातान्त्रिक अभ्यासअनुरुप सङ्घीय, प्रादेशिक र स्थानीय तहको दुईपटक आवधिक निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गरे । संविधानले पूर्णरूपमा प्रेस स्वतन्त्रता, नागरिक समाजको सहभागितालगायतका विषयमा अधिकार सुनिश्चित गरेको उनको भनाइ छ । संविधानले राजनीतिमा महिलाको सहभागितालाई सुनिश्चित गरेको उनले बताए । प्रदेश र सङ्घीय संसद्मा महिलाको ३३ प्रतिशत संवैधानिकरूपमा सुनिश्चित गरिएको भन्दै उनले विश्वका निकै कम देशमा मात्रै यस्तो व्यवस्था भएको दाबी गरे ।

“नेपाल र अमेरिकाबीच विगत ७६ वर्षदेखि सामूहिक विश्वास, सहकार्य र सम्मानको सम्बन्ध छ । यी दुई देशबीचको सम्बन्ध प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रताका मूल्य, मान्यतामा आधारित छ”, राजदूत खत्रीले भने । अमेरिकासँग पारस्परिकरूपमा मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै उनले यस सहकार्यले नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

अमेरिकी सरकारले प्रदान गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन कार्यान्वयनको चरणमा प्रवेश गरेको भन्दै राजदूत खत्रीले अमेरिकी सहयोग नियोगलाई सहयोगका लागि धन्यवाद दिए । नेपालमा संविधान जारी भएको दिन असोज ३ मा संविधान दिवस मनाउने गरिएको छ । साथै विदेशस्थित नियोगहरूले मनाउँदै आएको नेपाल दिवस अमेरिकामा यसपटक असोज ११ गते बिहीबार मनाइएको हो ।

कार्यक्रममा अमेरिकाका सरकारी अधिकारीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अमेरिकामा रहेका नेपाली, नेपालीमूलका अमेरिकाका डेलिगेट हयारी भण्डारी, नेपालका लागि पूर्वअमेरिकी राजदूत पिटर बोडे, भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय, विभिन्न देशका राजदूत, सञ्चारकर्मीलगायतको सहभागिता थियो । नेपालको संविधान दिवसका अवसरमा गत सातामात्रै अमेरिकी सरकारको तर्फबाट विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले विज्ञप्ति जारी गरेका थिए ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?