Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

आन्दोलन फिर्ता लिन तयार हुनुस्, एक घण्टामा प्रहरी फोर्स पठाउँछौं : स्वास्थ्यमन्त्री


काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्यमन्त्री र आन्दोलनरत चिकित्सकहरुसँग छलफल गरिरहेको छ । सुरक्षाको माग गर्दै आन्दोलनरत चिकित्सकहरुले जेल विदाउट बेलको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । समितिको छलफलमा पनि उनीहरुले स्वास्थ्यकर्मीहरुमाथि कुटपिट गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरे । स्वास्थ्यमन्त्री मोहन बस्नेतले भने घटनामा संलग्न भनिएको व्यक्तिलाई पक्राउ गरेको र प्रहरीलाई समेत निलम्बन र विभागीय कारबाही थालिसकेको बताए । तर चिकित्सकहरु आन्दोलन रोक्न तयार नदेखिएपछि उनले मणिपाल अस्पतालमा एक घन्टाभित्र प्रहरी हटाउने बताए ।

साथै अरु कानुनी प्रक्रियाका लागि हाम्रा जुन जुन संरचनाले काम गरिरहेको छ, यसलाई निरन्तरता दिने उनले बताए । यदि संसदीय समितिकै रोहबरमा तीन बुँदे सहमति गर्ने हो भने पनि सरकार तयार रहेको उनले बताए । ‘आन्दोलन चर्काएर जाने हो भने त्यही मुड बनाएर जाऊँ । समस्या समाधान गर्ने हो भने सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ । शान्ति सुरक्षाको बारेमा एक घन्टा मागेको छु, तपाईहरु सहमति गर्नुस्, म गृहमन्त्रीलाई भेट्न जान्छु ।’ उनले भने ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?