Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

१९औं एसियाडको पौडीमा नेपालका सबै हिटबाटै बाहिरिए


हान्झाउ ।  १९औं एसियाड अन्तर्गत पौडीमा नेपालका नासिर याहा हुसेन शुक्रबार हिट चरणबाटै बाहिरिएका छन् । हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा शुक्रबार भएको पुरुष ४०० मिटर फ्रिस्टाइलमा नासिर हिट चरणबाटै बाहिरिएका हुन् । हिट २ मा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी ४ मिनेट २२.०२ सेकेण्डमा पूरा गरे । उनी आफ्नो हिटमा चौथो भएका थिए । समग्रमा भने नासिर २५ खेलाडीमा २२औं स्थानमा रहे । यसअघि २०० मिटर फ्रिस्टाइलमा पनि नासिर हिट चरणबाटै बाहिरिएका थिए । नासिरको प्रतिस्पर्धापछि १९औं एसियाडमा पौडीमा नेपालको चुनौती सकिएको छ ।

नेपालका चार खेलाडीले ८ इभेन्टमा प्रतिस्पर्धा गरेकोमा कसैले पनि हिट चरण पार गर्न सकेनन् । पुरुषतर्फ एलेक्स शाहले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकोमा हिट चरणबाटै बाहिरिए । यस्तै महिलातर्फ डुवाना लामाले १०० मिटर ब्रेस्टस्ट्रोक र २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् भने अनुशिया तन्डुकारले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?