Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

१९औं एसियाडको पौडीमा नेपालका सबै हिटबाटै बाहिरिए


हान्झाउ ।  १९औं एसियाड अन्तर्गत पौडीमा नेपालका नासिर याहा हुसेन शुक्रबार हिट चरणबाटै बाहिरिएका छन् । हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा शुक्रबार भएको पुरुष ४०० मिटर फ्रिस्टाइलमा नासिर हिट चरणबाटै बाहिरिएका हुन् । हिट २ मा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी ४ मिनेट २२.०२ सेकेण्डमा पूरा गरे । उनी आफ्नो हिटमा चौथो भएका थिए । समग्रमा भने नासिर २५ खेलाडीमा २२औं स्थानमा रहे । यसअघि २०० मिटर फ्रिस्टाइलमा पनि नासिर हिट चरणबाटै बाहिरिएका थिए । नासिरको प्रतिस्पर्धापछि १९औं एसियाडमा पौडीमा नेपालको चुनौती सकिएको छ ।

नेपालका चार खेलाडीले ८ इभेन्टमा प्रतिस्पर्धा गरेकोमा कसैले पनि हिट चरण पार गर्न सकेनन् । पुरुषतर्फ एलेक्स शाहले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकोमा हिट चरणबाटै बाहिरिए । यस्तै महिलातर्फ डुवाना लामाले १०० मिटर ब्रेस्टस्ट्रोक र २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् भने अनुशिया तन्डुकारले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?