Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति


म्याग्दी । म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । ६ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा. अञ्जु थापाले बताईन् । ‘विसं २०७२ मा १५ बाट ५० श्ययामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ श्ययाकै दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको छ’, उनले भनिन्, ‘म्याग्दीलाई दुर्गम मानेर आउन नमान्ने चिकित्सक र स्वास्थ्यकर्मी आए पनि धेरै नटिक्ने समस्या छ । कार्यरत स्वास्थ्यकर्मीमा कामको बोझ छ ।’ विसं २०७४ देखि सुरु भएको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले पूर्णताः नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीलाई कार्यबोध भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।

“जनशक्ति अभावको समस्या समाधानका लागि व्यवस्थापन समितिले गण्डकी प्रदेशमै पहिलोपटक समितिअन्तर्गत ४९ जनाको दरबन्दी सिर्जना गरेर जनशक्ति पदपूर्ति गर्न विज्ञापन गरे पनि केही पदमा आवेदन नै नपरेको र सीमित जनशक्ति र पूर्वाधारको अधिकतम परिचालन गरेर सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रयासमा रहेको उनले बताए । जनशक्ति अभावका कारण सघन उपचार कक्ष आइसियु सञ्चालन हुन सकेको छैन । एक्सरे, रेडियोग्राफर र युएसजी मेसिन चलाउने चिकित्सक खोज्दा आवेदननै नपरेको प्रमुख डा. थापाले बताए । दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने अस्पतालमा चारदेखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् । प्रसूति रोग विशेषज्ञसमेत रहेकी अस्पतालका प्रमुख थापा तालिम, बैठकमा जिल्ला बाहिर जाँदा र बिदा बसेको समयमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिन आएकालाई बागलुङ र पोखरा पठाउने गरिएको छ । अस्पतालले पछिल्लो एक वर्षयता मानसिक रोग, ज्येष्ठ नागरिक, फिजियोथेरापी र अत्याधुनिक एक्सरे सेवा विस्तार गरेको छ । अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दीका साथै छिमेकी पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणले पनि सेवा लिने बेनी अस्पतालको निर्माणाधीन भवनलाई पूर्णता दिन, दरबन्दीअनुसारका जनशक्तिको व्यवस्था गरेर सेवालाई प्रभावकारी बनाउन आवश्यक देखिएको बताए । उनले सामान्य बिरामी पर्दासमेत पोखरा, काठमाडौं जानुपर्ने म्याग्दीवासीको समस्याको दीर्घकालीन समाधान गर्न बेनी अस्पतालको सेवालाई विश्वसनीय र प्रभावकारी बनाउनुको विकल्प नभएको बताउदै प्रदेश र सङ्घीय सरकारले पनि संवेदनशील भएर दीर्घकालीन समाधानका लागि नीतिगत पहल गर्नुपर्छ भन्ने कुरा व्यक्त गरेका छन् ।

 


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?