Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने


नारायणगढ, चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जलि योग समिति नेपालको तत्वावधान र पतञ्जलि योग समिति चितवन तथा रामनगर ठिमुरा समाज भरतपुरको आयोजनामा तीन दिने वृहत योग शिविर सञ्चालन हुन लागेको हो । रामनगरको पुष्पबाटीकामा यही असोज १३ देखि १५ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘कोहीपनि अस्पताल जान नपरोस्, गरौँ योग रहौँ निरोग’ भन्ने मूल नारासहित आयोजित शिविरमा पतञ्जलि योग समिति नेपालका प्रमुख वरिष्ठ योग गुरु लवदेव मिश्र प्रशिक्षक रहनुहुने समितिका संरक्षक तथा पूर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्रविक्रम महतले जानकारी दिए ।

उनले योगाभ्यास गर्दा मानिसको शारीरिक तथा मानसिक पक्ष बलियो हुने र स्वस्थ्य समाज निर्माणमा योगले सहयोगी भूमिका खेल्ने हुँदा शिविर आयोजना गर्न लागिएको समेत बताए । खुला रुपमा शिविर सञ्चालन गर्दा सबैको पहुँचसम्म पुग्ने हुँदा सबैले यसको फाइदा लिन उनले आग्रह गरे । पत्रकार सम्मेलनमा असोज १४ गते भरतपुरको रामनगरका साथै गैँंडाकोटको मौलाकालिका मन्दिर परिसरमा समेत योगाभ्यासको कार्यक्रम रहेको महतले जानकारी दिए । शिविरमा दैनिक पाँच सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । योग शिविरको कार्यक्रम पश्चात भरतपुरमा योग शिक्षक तालिमसमेत प्रदान गरिने महतले पत्रकार सम्मेलनमा जानकारी दिए ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?