Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने


नारायणगढ, चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जलि योग समिति नेपालको तत्वावधान र पतञ्जलि योग समिति चितवन तथा रामनगर ठिमुरा समाज भरतपुरको आयोजनामा तीन दिने वृहत योग शिविर सञ्चालन हुन लागेको हो । रामनगरको पुष्पबाटीकामा यही असोज १३ देखि १५ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘कोहीपनि अस्पताल जान नपरोस्, गरौँ योग रहौँ निरोग’ भन्ने मूल नारासहित आयोजित शिविरमा पतञ्जलि योग समिति नेपालका प्रमुख वरिष्ठ योग गुरु लवदेव मिश्र प्रशिक्षक रहनुहुने समितिका संरक्षक तथा पूर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्रविक्रम महतले जानकारी दिए ।

उनले योगाभ्यास गर्दा मानिसको शारीरिक तथा मानसिक पक्ष बलियो हुने र स्वस्थ्य समाज निर्माणमा योगले सहयोगी भूमिका खेल्ने हुँदा शिविर आयोजना गर्न लागिएको समेत बताए । खुला रुपमा शिविर सञ्चालन गर्दा सबैको पहुँचसम्म पुग्ने हुँदा सबैले यसको फाइदा लिन उनले आग्रह गरे । पत्रकार सम्मेलनमा असोज १४ गते भरतपुरको रामनगरका साथै गैँंडाकोटको मौलाकालिका मन्दिर परिसरमा समेत योगाभ्यासको कार्यक्रम रहेको महतले जानकारी दिए । शिविरमा दैनिक पाँच सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । योग शिविरको कार्यक्रम पश्चात भरतपुरमा योग शिक्षक तालिमसमेत प्रदान गरिने महतले पत्रकार सम्मेलनमा जानकारी दिए ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?