Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सांसद प्रदीप पौडेलको प्रश्न-‘चिकित्सकलाई काम गर्न शान्तिपूर्ण वातावरण खै?’


काठमाडौंःनेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले डाक्टर चिकित्सक लगायतका स्वास्थ्य सेवा कर्मी माथी भएका कुटपिटका घटनाको विरोध गरेका छन् । सामजिक सञ्जाल फेसबुकमा लेख्दै उनले चिकित्सकमाथि भएको आक्रमणको खेद प्रकट गर्दै दोषीलाई कारवाही गर्न र स्वास्थ्य सेवा कर्मीलाई सेवा प्रदान गर्नका लागि शान्तिपूर्ण वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।

पछिल्ला समयमा भएका यस्ता आक्रमणका घटनाले स्वाथ्यकर्मीकाे मनोवल गिरेको र सिङ्गो स्वाथ्य प्रणालीमै अवरोध सिर्जना भएको उनले बताएका छन् । यस्ता घटनाले समाजमा हिंसा बढेको र शान्ति सुरक्षा खलबल पुर्याएको भन्दै उनले भनेका छन् ‘हाम्रो सिङ्गो स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना गरेको छ भने मानवाधिकार, शान्ति सुरक्षा, लगायतका विषयमा गम्भीर प्रश्न उठेको छ ।’


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?